बनौको डाडाखोरमा सामुदायिक स्वास्थ्य इकाई

Gandaki Kotihome

बेनी । पर्वतको जलजला गाउँपालिका–९ बनौको डाडाखोरमा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ ।

लालीगुराँस सामुदायिक बन उपभोक्ता समूहको भवनमा स्थापना भएको इकाईको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र क्षेत्रीले आइतबार उद्घाटन गर्नुभयो ।

इकाईमा गाउँपालिकाले एक÷एक जना अहेब र अनमी खटाएको छ । बनौको साबिक १, २, ३ नम्बर वडा, धाइरीङको सल्यानी, एकपाटे र तामाङ गाउँका करिब २०० घरधुरी इकाईबाट लाभान्वित भएका वडा अध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

त्यहाँका बासिन्दालाई यसअघि बनौ स्थित वडा स्तरको स्वास्थ्य चौकी पुगेर सेवा लिन एक घण्टा तीस मिनेट देखि दुई घण्टा पैदल हिड्नुपर्ने थियो । भौगोलिक रुपमा दुर्गम र बिकट क्षेत्रका बासिन्दाहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको वडा अध्यक्ष पुनले बताउनुभयो ।

इकाईबाट स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क औषधी बितरण सम्बन्धी सुबिधा उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ । यसअघि जलजलाको वडा नम्बर २ र ४ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन भएको थियो । यसैगरी वडा नम्बर ५ लेकफाँटको फलामेडाडा र रातोमाटा, वडा नम्बर २, वडा नम्बर ८ मा एक ÷एक वटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ ।

डाडाखोर सामुदायिक स्वास्थ्य इकाई उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत क्षेत्री, गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक राजु बोहोराले मन्तब्य ब्यक्त गर्नुभएको थियो । बनौ स्वास्थ्य चौकी ब्यवस्थापन समितिका उपाध्यक्ष डम्मरबहादुर पुर्जाको सञ्चालन र इञ्चार्ज फुलकुमारी फगामीको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...