बिस्थापित भएका बेलिब्रिज स्थानान्तरण कहाँ ?

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । राष्ट्रिय गौरबको कालीगण्डकी कोरिडोर सडक आयोजनाको बेनी–जोमसोम–कोरला खण्डका खोलाहरुमा पक्कि पुल बनेपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् ।

आफ्नो भूगोलमा बेलिब्रिज लैजान भएको जनप्रतिनिधीको तानातानका कारण निर्णय हुन नसक्दा पुल स्थानान्तरणमा ढिलाई भएको छ । कतै पुल प्रयोगबिहिन हुने र कतै पुल नभएर जोखिमपुर्ण यात्रा गर्न तथा यातायात सुबिधाबाट बञ्चित हुनुपर्ने अवस्था देखिएको छ ।

म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट, रघुगंगा गाउँपालिका–१ तिप्ल्याङ र अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पक्कि पुल निर्माण भएपछि बेलिब्रिज प्रयोगबिहिन भएका छन् ।

Shreekrishna

अन्नपूर्ण गाउँपालिका–६ र २ को सिमाना कालीगण्डकी नदी माथि पक्कि पुल निर्माण अन्तिम चरणमा पुगेकाले पोखरेबगरको बेलिब्रिज पनि बिस्थापित हुदैछ् । राहुघाट खोलाको १०० फिट, तिप्ल्याङको १५० फिट र पोखरेबगरको बेलिब्रिज १६० फिट लामा छन् । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेखोलामा निर्माणको अन्तिम चरणमा रहेको मोटरेबल पुल सम्पन्न भएपछि त्यहाँको बेलिब्रिज पनि बिस्थापित गर्नुपर्ने छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

बेलिब्रिज स्थानान्तरणका बिषयमा गत कात्तिक महिनामा भएको जिल्ला सभामा छलफल भएपनि जनप्रतिनिधीहरुको मत बाझिएपछि निर्णय हुन नसकेको जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर कटुवालले बताउनुभयो ।

बि.स. २०५८ देखि सुरु गरी २०६५ मा सकिएको ७६ किलोमिटर दुरिको बेनी–जोमसोम सडकमा नेपाली सेनाले ९ वटा बेलिब्रिज बनाएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले प्रयोग बिहिन भएका बेलिब्रिज उपयुक्त र आवश्यक पर्ने ठाउँमा स्थानान्तरण गर्न सहमतिमा निर्णयको प्रतिक्षामा रहेको बताउनुभयो ।

आयोजनाले प्रयोगहीन बनेका बेलिब्रिज झिकेर बेनी–जोमसोम सडककै बेगखोला, रुप्से र खहरे खोलामा राख्न प्रस्ताब गरेको छ । “बेगखोला र रुप्सेमा बर्खायाममा यातायात अबरुद्ध भएर यात्रुले सास्ती पाएका छन्,” उहाँले भन्नुभयो “जिल्ला स्तरमा सहमतिमा स्थानको सिफारिस र बिभागले निर्णय गरिदिए हुन्थ्यो ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पर्ने राहुघाट र कालीगण्डकीमा प्रयोगहीन बनेका बेलिब्रिजलाई आ–आफ्नो क्षेत्रमा लैजान सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताबीच रस्साकसी सुरु भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासहित जलजला गाउँपालिकाका पदाधीकारी र पर्वतका नेताहरू पर्वतको जलजला–२ बगरफाँट र र म्याग्दी सदरमुकाम बेनी जोड्ने कालीगण्डकी नदीमा बेलिब्रिज राख्न जोड गर्नुभएको छ ।

करिब तीन सय घरधुरीको बसोबास रहेको बगरफाँट जोड्ने सडक कालीगण्डकीले कटान गरेपछि यातायात सम्पर्क बिच्छेद भएको छ । पोखरेबगरको पुललाई रातोपानी र ठुलोबगर जोड्ने कालीगण्डकी नदीमाथि स्थानान्तरण गर्नुपर्ने भुरुंगका जनप्रतिनिधीको लबिंग छ । म्याग्दीका केही नेताहरुले भने बेनी–दरबाङ सडक अन्तरगतको फापरखेतको पहिरोले बर्खामा दुःख दिने भएकाले मंगलाको पखेर र सिमलचौरको सिमाना म्याग्दी नदीमाथी बेलिब्रिज स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...