बेपत्ता भएको ३३ दिनमा शव भेटियो

Gandaki Ghumau

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ अर्जमका भिमबहादुर श्रेष्ठ हराएका ३३ दिनपछि मृत फेला परेका छन् ।

ससुरालीबाट घर फर्कने क्रममा गत कात्तिक २० गतेदेखि सम्पर्कबिहिन भएका ५३ बर्षीय श्रेष्ठको शव बेनी नगरपालिका–३ दूधेखोलाको भिरमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले भिरमा भेटिएको शव भिमबहादुरको भएको पुष्टि गर्नुभयो । ‘अप्ठ्यारो भिरमा शडेको शव देखेका स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा आएका छौ,’ उहाले भन्नुभयो ‘भिरबाट शब निकालेर परिक्षणका लागि बेनी अस्पतालमा लैजाने तयारीमा छौ ।’

Shreekrishna
Gunasthariya Shiksya

घाँस, दाउरा काट्न जंगलमा गएका स्थानीयबासीले शब देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेनी नगरपालिका–३ डाडाखानी स्थित ससुरालीदेखि घर हिडेका श्रेष्ठ सम्पर्क बिहिन भएपछि परिवारका सदस्य, आफन्त र प्रहरीले खोजी गरेका थिए । श्रेष्ठका आफन्त कर्ण प्रधानका अनुसार उनलाई खोज्न ड्रोन क्यामेरा उडाइएको थियो ।

गत कात्तिक २२ गते बेनी नगरपालिका–३ तोराखेतको जरिबिसाउना भन्ने ठाउँमा भिमबहादुरले लगाएको टोपी भेटिएको थियो । टोपी भेटिएको ठाउँमा झार र घाँस भाचिएकाले उनलाई कसैले कुटपिट गरेर बेपत्ता बनाएको अनुमान आफन्तले गरेका छन् ।

प्रमाण र तत्थ्य जुटाएर घटनाको थप अनुसन्धान गरिने प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...