काँग्रेसका केन्द्रिय सदस्यका उमेद्वार बानियाले खोले सम्पर्क कार्यालय

Gandaki Ghumau

बेनी । नेपाली कांग्रेसको चौधौ महाधिबेशनमा केन्द्रिय सदस्यमा उमेद्वारी घोषण गरेका म्याग्दीका नेता रेशमबहादुर बानियाले काठमाडौमा मंगलबार सम्पर्क कार्यालय खोल्नुभएको छ ।

काठमाण्डौको बागबजारमा खोलेको सम्पर्क कार्यालयको जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बीर)ले उद्घाटन गर्नुभयो । यसपटक म्याग्दीले केन्द्रिय सदस्यका लागि कुनैपनि सम्झौता नगर्ने बताउनुभयो ।

‘म्याग्दीले केन्द्रीय सदस्यका लागि सबै नेताहरुसँग अनुरोध सहित सहयोगको अपेक्षा गरेको छ,’ उहाँले भन्नुभयो ‘निर्वाचनबाटै भएपनि हामीले जिल्लामा केन्द्रीय सदस्यको पद लिएर जान्छौ ।’

Shreekrishna
Gunasthariya Shiksya

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा केन्द्रीय सदस्यका उम्मेदवार बानियाँले म्याग्दी जिल्लाको साझा उम्मेदवारको रुपमा मैदानमा उत्रिएको अवस्थामा अन्य जिल्लाबाट समेत राम्रो प्रतिक्रिया आएको बताउनुभयो ।

उहाँले सातवटै प्रदेशमा गरिएको प्रचारप्रसारमा समेत महाधिवेशन प्रतिनिधिले म्याग्दीको उम्मेदवारलाई रोज्ने प्रतिबद्धता समेत जनाएको बताउनुभयो । सम्पर्क कार्यालयले नियमित भेटघाट र महाधिवेशनसँग सम्बन्धित गतिविधि गर्न सहज हुने छ ।

बानियाँ संस्थापन इतरका वरिष्ठ नेता रामचन्द्र निकट भएपनि संस्थापन पक्षका प्रतिनिधिहरुले समेत सहयोगको प्रतिबद्धता जनाएपछि सहज भएको बताउनुभयो । केन्द्रीय महाधिवेशन यही मंसिर २४,२५, र २६ गते काठमाडौंमा हुनेछ् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...