गलेश्वरको जेष्ठ नागरिक आश्रम सिल

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर जेष्ठ नागरिक आश्रम बुधबार सिल गरिएको छ ।

कोरोना (भाइरस)को संक्रमणका कारण बृद्धाश्रमकी बृद्धाको मृत्यु र अन्य जेष्ठ नागरिकहरुमा पनि कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

Bhautik ministry notice about road

आश्रममा बस्दै आएकी एक बृद्धाको उपचारका क्रममा मृत्यु भएपछि उनको नजिकको सम्पर्कमा रहेकाहरुको पिसिआर बिधिबाट परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो ।

Shreekrishna hardwear in news

जेष्ठ नागरिक आश्रम, संस्कृति बिद्यालयका बिद्यार्थी, शिक्षक र बृद्धाश्रमका कर्मचारीहरुको स्वाबको नमुना संकलन गरेर पिसिआर परिक्षणका लागि पठाइएको थियो । निधन भएकी र पाँच जना संक्रमित जेष्ठ नागरिकहरुले कोरोना भाइरस बिरुद्धको दुबै मात्राको खोप लगाएका थिए ।

एक जना संक्रमित बृद्धाले भने खोप लगाउनुभएको थिएन् । संक्रमित जेष्ठनागरिकहरुको स्वास्थ्य अवस्था सामान्य छ । कोरोना संक्रमण फैलिन नदिन बृद्धाश्रम र अन्नक्षेत्र सिल गरिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...