माओवादी केन्द्र भकिम्लीको अध्यक्षमा खिम पुन

Gandaki Ghumau

बेनी । नेकपा माओबादी केन्द्र बेनी नगरपालिका–३ भकिम्लीको अध्यक्षमा खिमबहादुर पुन चयन हुनुभएको छ ।

भकिम्लीमा शुक्रबार सम्पन्न माओवादी केन्द्रको पहिलो वडा अधिबेशनले पुनको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिलबहादुर रोका, सचिबमा रत्न जि.सी, कोषाध्यक्षमा भिमकला परियार र सहसचिबमा दुरपति छन्त्याल रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिश्वकर्माले उपलब्धीलाई संस्थागत गर्दै राष्ट्रियता र स्वाधिनता रक्षाका लागि माओवादीको नेतृत्व आवश्यक रहेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

“पिछडिएको क्षेत्र, लिंग र समुदायलाई अधिकार दिने, गणतन्त्र, संघीयता, समावेशी ब्यवस्था ल्याउने माओवादी हो,” उहाँले भन्नुभयो “बिकासलाई गति दिदै प्रत्यक्ष निर्बाचित राष्ट्रपति ब्यवस्था लागू गर्ने माओवादीको अबको एजेण्डा हो ।”

माओवादी केन्द्रको बेनी नगर सहइञ्चार्ज तथा वडा अध्यक्ष पदम पुनले सदरमुकामदेखि नजिकै भएर पनि पछाडी परेको भकिम्लीमा पूर्बाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन र पर्यटन प्रर्वद्धनमा प्राथमिकता दिएको बताउनुभयो ।

“भूगोल र प्रकृतिले साथ नदिएपनि भकिम्लीका जनताका आधारभूत आवश्यकता पुरा गर्ने बिकासका काम भएका छन्,” उहाँले भन्नुभयो “अधुरा कामलाई पुर्णता दिन भकिम्लीबासीले फेरी पनि माओवादीलाई साथ दिनुपर्छ ।”

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...