कालीपुलमा यात्रु सहायता कक्ष स्थापना

Gandaki Ghumau

बेनी । म्याग्दी जिल्ला भित्रने प्रमुख नाका कालीपुल बसपार्कमा बुधबारदेखि ‘यात्रु सहायता कक्ष’ सञ्चालन भएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी–८ कालीपुल बसपार्कमा आउँदै गरेको विजयादशमी, दीपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि सहायता कक्ष स्थापना गरेका हुन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर कटुवाल, जिल्ला अधिकारी गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरिक्षक श्यामकुमार राई, शसस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायव उपरिक्षक हरिबहादुर गुरुङ, राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङ लगायतको उपस्थितिमा सहायता कक्ष शुरुवात गरिएको हो ।

Shreekrishna
Gunasthariya Shiksya

सहायता कक्षमा ट्राफिक र जनपथ प्रहरी नियमित खटिने भएका छन् । कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले बताउनुभयो ।

चाडपर्वका बेला अन्य समयको तुलनामा यात्रुको चाप बढी हुने, सुरक्षा चुनौती रहने र यातायात मजदुरलगायतबाट यात्रु ठगिने सम्भावना भएकाले सोको न्यूनीकरणका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषगरी यात्रुलाई चाडपर्वका बेला आफ्नो गन्तव्यसम्म पुग्न कुनै पनि किसिमको कठिनाइ नहोस् र सुरक्षासम्बन्धी चुनौती नआओस् भनेर सहायता कक्ष सञ्चालन गरेका हौँ ।”

चाडपर्वका बेला यातायात मजदुर तथा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिने, सिट क्षमताभन्दा बढी यात्रु राख्ने तथा निर्धारित गन्तव्यमा नपु–याई बीचबाटामै छाडिदिने, यात्रुका सामान हराउनेलगायत गुनासा यात्रुबाट आउने गरेकाले सहायता कक्षबाट समाधान गरिने प्रहरीको भनाइ छ ।

प्रहरीले विगत वर्षमा समेत दशैँदेखि छठ पर्वसम्म सहरका विभिन्न स्थानमा सहायता कक्षबाट सेवा दिने गरेको थियो । चाडपर्वलाई लक्षित गरेर प्रहरीले बिशेष सुरक्षा योजना बनाएर कार्यान्वयनको तयारी गरेको छ । कालीपुल बसपार्कदेखि पोखरा, काठमाडौ, चितवन, मुस्ताङका साथै म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा गाडी छुट्छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...