कुहुँको प्रगतिशिल सहकारीको चौथो अधिवेशन सम्पन्न

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्थाको नवौ साधारणसभा तथा चौथो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

अधिवेशनबाट पुन पूर्णमाया पुनको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ । समितिको उपाध्यक्षमा डिलकुमारी खत्री, सचिबमा रिता बानिया बरुवाल, कोषाध्यक्षमा बिष्णुमाया पुन र सहसचिमा नरदेवी रोका निर्बाचित हुनु भएको छ ।

सदस्यहरुमा गौमती रोका, भोवकुमारी रोका, पार्वती राम्जाली, बालदेवी पुर्जा, यामकुमारी शेरपुञ्जा र बिष्णु जिसी रहनुभएको छ । हिरा रोका राम्जालीको संयोजकत्वमा तसकुमारी रोका पाइजा र बसन्ती पौडेल सदस्य रहेको लेखा तथा सुपरिवेक्षण र यामकुमारी शेरपुञ्जाको संयोजकत्वमा सममाया सार्की र निलकुमारी पुन बुढा सदस्य रहनुभएको ऋण उपसमिति गठन भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

८४६ जनाको रु. ८४ लाख ८९ हजार शेयर पुजि रहेको यस सहकारीले गत आर्थिक वर्षमा रु. छ करोड ८७ लाख, ८२ हजार ९६९ बचत, रु. छ करोड ९५ लाख १७ हजार ९३५ लगानी, रु. एक करोड १२ लाख ६१ हजार, ४१२ आम्दानी र रु. ७१ लख ७१ ह्जार २२० रुपैयाँ खर्च भएको कोषाध्यक्ष बिष्णुमाया पुनले बताउनुभयो ।

संस्थामा निशूल्क इन्टरनेट जडान गर्ने गोबिन्द खत्रीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले ग्रामिण क्षेत्रमा बचतको बानी बिकास गराउने, गाहे अप्ठ्यारो पर्दा सहजै ऋण पाउने र आर्थिक गतिबिधीलाई सहज बनाउन सहकारीको महत्वपूर्ण योगदान भएको बताउनुभयो ।

संस्थाका अध्यक्ष पुर्णमाया पुनको अध्यक्षता र प्रबन्धक अनिता रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष डेगबहादुर राम्जाली, सञ्चालक समितिका सदस्य गौमती रोका र शेयर सदस्यको तर्फबाट रिता बानिया बरुवालले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...