एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगलामा नयाँ नेतृत्व चयन

Gandaki Ghumau

बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन मंगला गाउँपरिषद्बाट रमेश सुबेदीको अध्यक्षतामा २१ सदस्य कमिटी गठन भएको छ ।

बाबियाचौरमा शनिबार सम्पन्न परिषद्बाट बरिष्ठ उपाध्यक्षमा गणेश गिरी, उपाध्यक्षमा खबहादुर किसान, महिला उपाध्यक्षमा बिष्णुमाया रोका, सचिबमा बिरबहादुर तरामी, सहसचिबमा सन्तोष गिरी र अर्थ सचिबमा बलिभद्र गौतम चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

गमबहादुर केसीको अध्यक्षता र बिरबहादुर तरामीको सञ्चालनमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर बिक, एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीका अध्यक्ष होमनाथ पाण्डे, प्रदेश सदस्य गौदेबी पुर्जा, शिक्षक महासंघ म्याग्दीका सहअध्यक्ष कृष्णलाल सापकोटा र माओवादीका पालिका अध्यक्ष याम रोकाले शैक्षिक क्षेत्रको बिभेद हटाएर समानता कायम गर्नुपर्ने बताउनुभयो ।

Shreekrishna

सोही परिषद्ले विभिन्न बिभाग र वडा स्तरमा पनि संगठनको नेतृत्व चयन गरेको छ । युकुमारी गिरी रोकाको अध्यक्षतामा १७ सदस्यीय महिला बिभाग, बिष्णुमाया रोकाको अध्यक्षमा ९ सदस्यीय बाल शिक्षिका बिभाग, गौमति थापाको संयोजकत्वमा ७ सदस्यीय कर्मचारी बिभाग गठन भएको छ । गमबहादुर खत्रीले संगठनको गापा इञ्चार्ज र महेन्द्र केसीले सहइञ्चार्जको जिम्मेवारी पाउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...