२२ बर्षीया बिन्दु खत्रीको काँग्रेसको बेनी नगर सहसचिबमा उमेद्वारी

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको बेनी नगर कार्यसमितिको सहसचिबमा २२ बर्षीया बिन्दु खत्रीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

नेपाली काँग्रेसको १४ औ महाधिबेशन अन्तरगत शनिबारदेखि शुरु भएको पालिका अधिवेशनमा बेनी नगरपालिका–४ सिंगाकी खत्रीले सहसचिबमा मनोनयन दर्ता गर्नुभएको हो ।

बिद्यालय पढ्दादेखिनै नेपाल बिद्यार्थी संघमा आवद्ध भएकी खत्री नेपाली काँग्रेसमा महिला र युवाको नेतृत्व बिकास गर्न तथा आकर्षण बढाउन पदाधीकारीको उमेद्वार बनेको बताउनुभयो । नेबिसंघकी जिल्ला सदस्य खत्री रबिन्द्र कार्कीको प्यानलबाट उमेद्वार बन्नुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सहसचिबमा कार्की प्यानलबाट खत्रीसँगै संगमकुमार बिक, बिक्रम बोगटी प्यानलबाट शान्ति शर्मा पौडेल र स्यानी कार्की उमेद्वार बन्नुभएको छ । बेनी नगरपालिकाको नेतृत्वका लागि बिक्रम बोगटी र रबिन्द्र कार्की (रबी)को दुई वटा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रनुभएको छ ।

बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ र रणबहादुर शाहीले उमेद्वारी दर्ता गर्नुभएको छ । कार्कीको प्यानलबाट उपसभापतिमा गंगाबहादुर खत्री र मनोजकुमार कार्की, सचिबमा झलक जिसी र संगिता श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको छ । १७१ जना मतदाता रहेको बेनी नगरको नेतृत्वका लागी आइतबार मतदान गर्ने तय भएको नेपाली काँग्रेस म्याग्दीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...