![Add Samajik bikash office](https://dhaulagirikhabar.com/wp-content/uploads/2024/06/Add-Samajik-bikash-office-3.jpg)
बेनी । नेपाली काँग्रेस मंगला गाउँपालिकाको सर्बसम्मत नेतृत्व चयन भएको छ ।
बाबियाचौरमा शनिबार भएको गाउँपालिका अबिधेशनले नरसिंहबहादुर खत्रीको अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्बाचित गरेको हो । नेपाली काँग्रेस प्रदेशसभा क्षेत्र (ख)का सचिब श्रीराम पौडेलले सर्बसम्मत कार्यसमिति चयन भएको जानकारी दिनुभयो ।
![Bhautik ministry notice about road](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Bhautik-ministry-notice-scaled.jpg)
उपसभापतिमा भागिरथ उपाध्याय र बिलबहादुर पुन, सचिबमा चित्रराज आचार्य र बिरेन्द्र बुढाथोकी, सहसचिबमा नेत्रराज सुबेदी र बिमल सुनार चयन हुनुभएको छ ।
![Shreekrishna hardwear in news](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/10/Shree-Krishna-Hardware.gif)
सभापतिमा निर्बाचित बाबियाचौर निबासी खत्री नेपाली काँग्रेसको पुराना र पाका नेता हुनुहुन्छ । उहाँले तत्कालीन बाबियाचौर गाबिसमा काँग्रेसको सभापति भएर नेतृत्व सम्हाल्नुभएको थियो ।
उहाँसँग विभिन्न बिकास आयोजनाको उपभोक्ता समिति, बिद्यालय ब्यवस्थापन समिति र सामाजिक संघ संस्थाको नेतृत्व गरेको अनुभव छ । नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत म्याग्दीमा शनिबार पालिका अधिवेशन भएको हो ।
![Gandaki dadelo notice](https://dhaulagirikhabar.com/wp-content/uploads/2023/05/Add-aantarik-mamila-upabhokta.jpg)