नेपाली काँग्रेस अन्नपूर्णको सभापतिमा १ मतले बलबहादुर तिलिजा निर्बाचित

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा एक मतले बलबहादुर तिलिजा निर्बाचित हुनुभएको छ ।

शनिबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि कृष्णप्रसाद बरुवाल र तिलिजाबीच प्रतिस्पर्धा भएको थियो । १२८ जना मतदाता मध्य ११७ मत खसेको र दुई मत बदर भएको थियो ।

वडा नम्बर ५ शिख निबासी तिलिजाले ५८ मत ल्याएर पालिका सभापतिमा निर्बाचित हुनुभएको हो । वडा न. ६ घारका वडा अध्यक्ष समेत रहनुभएका बरुवालले ५७ मत पाउनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पालिका सभापतिमा निर्बाचित तिलिजा जिल्लामा सभापति खम्बिर गर्बुजा र केन्द्रमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिनुहुन्छ । उहाँ भारतीय गोर्खा सैनिकका सेवा निबृत्त क्याप्टेन हुनुहुन्छ ।

शिख्तानी समाज पोखराको नेतृत्वमा रहेका तिलिजा बिभिन्न सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ । बरुवाल केन्द्रमा बरिष्ठ नेता रामचन्द्र पौडेल र जिल्लामा पुर्व सभापति रेशमबहादुर बानिया निकट हुनुहुन्छ ।

अन्य पदमा भने सर्बसम्मत निर्बाचित भएका छन् । उपसभापतिमा राजेश तिलिजा, अर्जुन गुरुङ, सचिबमा टुकबहादुर फगामी, ललिता तिलिजा, सहसचिबमा गोपाल पुर्जा र धनबहादुर पाइजा चयन हुनुभएको छ । सभापतिमा सहमति हुन नसकेपछि मतदान भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...