मसार, उपल्लो तातोपानी, सिंगा र सुर्केमेलामा म्याग्दी नदी कटानको जोखिम

Gandaki Pardesh notice

बेनी, म्याग्दी नदीको कटानबाट बेनी नगरपालिका–४ को तातोपानी, सिंगा र सुर्केमेला जोखिममा परेका छन् ।

असार पहिलो साता म्याग्दी नदीमा आएको बाढीले तटीय क्षेत्रमा कटान गरेको थियो । म्याग्दी नदीले धार परिवर्तन गरेर बस्ती तर्फबाट बग्न थालेपछि कटानको जोखिममा परेका हुन् । म्याग्दी नदीमा बाढी आउँदा थप कटान हुने खतरा बढेको छ ।

कटानबाट दुई वटा बिद्यालय र तीन वटा बस्ति जोखिममा परेका बेनी नगरपालिका ४ का वडा अध्यक्ष गोबिन्दप्रसाद पौडेलले बताउनुभयो । मसारमा रहेको सरस्वति माबी र सुर्केमेलाको सरस्वति आधारभूत बिद्यालयको भवन कटानको जोखिममा परेका छन् ।

Shreekrishna hardwear in news

मसार स्थित तातोपानी ज्वालामाई भगवति आमा समूहको भवनको पर्खाल चर्किएको छ । बेनी–दरबाङ को बैकल्पिक सडक भत्किएको छ । मसारमा दूई वटा घर पुर्ण रुपमा भत्किएका छन् । १५ वटा घर कटानको जोखिममा परेका छन् । उनिहरु सरस्वति माविको भवनमा बस्दै आएका छन् ।

Bhautik ministry notice about road

करिब एक सय घरधुरी रहेको उपल्लो तातोपानी बजारमा पनि म्याग्दी नदीले कटान गरेको छ । सिंगाको हरियाली समूहले सञ्चालन गरेको कृषि फार्ममा नदी कटानले क्षति गरेको छ । तरकारीको टनेल, कालिज र स्थानीय कुखुरा फार्ममा कटान गरेर क्षति पुगेको हरियालीका सञ्चालक सेरबहादुर केसीले बताउनुभयो ।

बेनी नगरपालिका ४ सुर्केमेलामा म्याग्दी नदीले गरेको कटान । तस्बिर धौलागिरी खबर

यसैगरी सुर्केमेलामा पनि म्याग्दी नदीले कटान गरेको छ । खेतीयोग्य जमिन बगाएको छ । सरस्वती आधारभूत बिद्यालय र करिब दश वटा घर सहित सँयौ रोपनी खेतीयोग्य जमिन कटानको जोखिममा परेका छन् ।

लिफ्ट सिचाई आयोजनाको मुहान र उपकरण राखिएको घर जोखिममा छ । कटान नियन्त्रणका लागि किनारमा निर्माण भएको तटबन्ध बाढीले बताएको छ । बर्खा लगत्तै नदी नियन्त्रणको काम सुरु गर्न नगरपालिका, प्रदेश र संघीय सरकारका निकायमा बजेट ब्यवस्थापनका लागि पहल गरेको वडा अध्यक्ष पौडेलले बताउनुभयो ।

बस्ती संरक्षणका लागि नगरपालिकाले पोखराबाट प्राविधिक ल्याएर डिपिआरको काम भइरहेको छ । वडाध्यक्ष पौडेलका अनुसार डिपिआर तयार भएपछि रुपाताल संरक्षण समिति र प्रदेश सरकारलाई पठाइने योजना रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...