दशै लगत्तै काममा फर्कने लाम्पाटा–दरबाङ सडकका ठेकेदारको प्रतिबद्धता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदारले दशै लगत्तै काममा फर्कने प्रतिवद्धता जनाएका छन् ।

गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको सडक निर्माणको जिम्मेवारी लिएका बिरुवा–क्याराभान जेभीका प्रतिनिधी सम्पर्क बिहिन हुँदा योजना अलपत्र परेको बिषयमा धौलागिरी खबरमा बिहिबार समाचार प्रकाशन भएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधी सोमनाथ थकालीले शुक्रबार बिहान धौलागिरी खबरसँग कुराकानी गर्दै निरन्तरको बर्षातपछिको पहिरो, ढुङ्गा र बालुवाको अभावले रोकिएको सडक निर्माणको काम दशै लगत्तै सुचारु गर्ने तयारीमा रहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

“अन्य साइटमा भएको र पुरानो नम्बर भएको मोवाइल हराएकाले सम्पर्क नभएपनि कार्यालयको निरन्तर सम्पर्कमै छु,” उहाँले भन्नुभयो “अहिले पनि एक जना प्राबिधिक र अर्का प्रतिनिधी लाम्पाटामै हुनुहुन्छ । बाङ्गे पहिरो लगायतको ठाउँमा खसेको पहिरो पन्छाएर सडक खुलाउने काम मेरै ब्याकुहोलोडरले गरेको छ । आवश्यक परेको अवस्थामा स्काभेटर पनि परिचालन गरेको छु ।”

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले भने निर्माण ब्यवसायी अधकल्चो काम छाडेर सम्पर्कबिहिन बनेपछि आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ति भएको बताउनुहुन्छ । “सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुन्छ । यात्रु र सवारी धनीहरु हामीसँग कराउँछन,” उहाँले भन्नुभयो “आयोजना सञ्चालन गर्ने निकाय पुर्बाधार बिकास कार्यालयले बेवास्ता गरेको छ । ठेकेदार पाँच महिनादेखि सम्पर्कबिहिन छन् । पहिरो पन्छाएर सडक मर्मत गरि नियमित यातायात सञ्चालन गर्न समस्या भएको छ ।”

Bhautik ministry notice about road

लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पुर्बाधार बिकास कार्यालयले जनाएको छ ।

पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउछु आउछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधी नआएका र काममा फर्काउन ताकेता गरिएको बताउनुभयो ।

मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ ।

पहिलो प्याकेजमा पर्ने बेनी देखि सिम सम्मको सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको सडकलाई पुर्णता दिन मुख्य ठेकेदारले पाँच महिनापछि गत भदौदेखि काम सम्हालेका छन् ।

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधी दयाराम थापा गत चैत देखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनियर महेन्द्र शाहले सडक निर्माणलाई पुर्णता दिने गरी काम शुरु गरेको बताउनुभयो ।

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब साठी प्रतिशत मात्रै भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...