जनशक्ति र पूर्बाधार अभावका बिच सेवा बढाउदै बेनी अस्पताल

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालले ६४ शैयाको सेवा सञ्चालन गरेको छ ।

पछिल्लो एक वर्षयता सघन उपचार, डायलाइसीस, कोभिड र बालरोग उपचार कक्ष थप गरेको अस्पतालले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा जानकारी गराएको हो । अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेलले गत वर्षसम्म ३५ शैयाको सेवा दिएको अस्पतालले हाल ६४ शैया सञ्चालन गरेको जानकारी दिनुभयो ।

“२०७२ मा १५ बाट ५० शैयामा स्तरोन्नति भएको बेनी अस्पतालमा पछिल्लो पटक २५ शैयाको कोभिड, पाँच शैयाको सघन र १२ शैयाको बालरोग कक्ष थपिएको छ,” उहाँले भन्नुभयो “जनशक्ति र पूर्बाधार अभावका बावजुद सेवा सञ्चालन गरेका छौ ।”

Shreekrishna
प्रगति प्रतिवेदन सार्वजनिक गनुृहुदै बेनी अस्पतालका प्रमुख डाक्टर जितेन्द्र कडेल । तस्बिर धौलागिरी खबर

बिशेषज्ञ चिकित्सक, स्टाफ नर्स, स्वास्थ्य सहायक, अहेव लगायत दरबन्दी अनुसारको जनशक्ति अभाव अस्पतालको चुनौति देखिएको छ । गत वर्ष ३५ हजार १७४ जनालाई सेवा दिएको अस्पतालबाट २० जनाले डायलाइसीस, १२३ वटा शल्यक्रिया मार्फत गरिने सहित ७३४ जनाले प्रसुति र २०३ जना कोरोना संक्रमितको उपचार भएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

१३ हजार ९३२ जना स्वास्थ्य बिमा गरेका नागरिकहरुलाई औषधी उपचार सेवा उपलब्ध गराई रु. एक करोड चार लाख ५४ हजार ९६८ भुक्तानी पाएको अस्पतालले स्वास्थ्य बिमा वापतको थप रु. २३ लाख भुक्तानी पाउन बाँकी रहेको जनाएको छ ।

अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले गत बर्ष बालरोग उपचार कक्ष, प्रसुति प्रतिक्षागृह, एकद्धार संकट ब्यवस्थापन केन्द्र सञ्चालन, पलान्टबाट सबै शैयामा पाइपबाट अकिसजन आपुर्ति गर्ने र भूमिगत पानी तानेर खानेपानीको आपुर्ति ब्यवस्था मिलाइएको बताउनुभयो ।

“इन्डेस्कोपी र आँखा उपचार कक्ष पनि सञ्चालन भएको छ,” उहाँले भन्नुभयो “अस्पतालमा सेवा र सुबिधा बढेपछि उपचारका लागि जिल्ला बाहिर जानुपर्ने जिल्लाबासीको बाध्यता हट्न थालेको छ ।”

बिद्युत आपुर्तिमा हुने अनियमिताका कारण एक्सरे र डायलाइसीस मेसिन बिग्रने, निर्माणाधिन ५० शैया क्षमताको भवन अलपत्र पर्नु र दरबन्दि अनुसारका जनशक्तिको अभाव अस्पतालको चुनौति रहेको छ ।

गत आर्थिक वर्ष २०७७÷७८ मा रु. चार करोड दुई लाख ५४ हजार आम्दानी गरेको अस्पतालले रु. चार करोड ३८ लाख खर्च गरेको छ । रु. एक करोड ८३ लाख मौज्दात रहेको अस्पतालको खातामा स्वास्थ्य बिमा र कोभिड शिर्षकको बजेट आएपछि खर्चभन्दा आम्दानी बढी देखिने प्रमुख डाक्टर कडेलले बताउनुभयो ।

सो कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रजिअ गणेशबहादुर अधिकारी, स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले अस्पतालमा जनशक्ति र पुर्बाधार ब्यवस्थापनमा प्राथमिकता दिनुपर्ने बताउनुभयो । अस्पतालका ब्यवस्थापक पुजा बानियाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सूचना अधिकारी प्रकाश सुबेदीले गर्नुभएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...