काँग्रेसको बेनी नगरको नेतृत्वका लागि कार्की र बोगटी प्यानलको प्रतिस्पर्धा

Gandaki Pardesh notice

बेनी । नेपाली काँग्रेसको शनिबार हुन लागेको दोस्रो नगर अधिवेशनबाट चयन हुने नेतृत्वका लागि रबिन्द्र कार्की (रबी) र बिक्रम बोगटीको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।

तीन दिनअघि ९ वटा वडा इकाईका सभापतिहरुको उपस्थितिमा बेनीको एक होटलमा उमेद्वारी घोषणा गरेका बोगटी प्यानलसँग प्रतिस्पर्धा गर्न शुक्रबार कार्कीले पार्टी कार्यालयमा तरुण दलको वडाका अधिकांश नेतृत्व र क्षेत्रीय प्रतिनिधीहरुको भेला गरेर पदाधीकारीका उमेद्वार सार्वजनिक गर्नुभएको छ ।

बेनी नगरपालिका–९ घतानका कार्कीको प्यानलबाट उपसभापतिमा गंगाबहादुर खत्री र मनोजकुमार कार्की, सचिबमा झलक जिसी र संगिता श्रेष्ठ, सहसचिबमा पुष्पा कार्की महत र संगमकुमार बिश्वकर्मा उमेद्वार बन्नुभएको छ ।

Shreekrishna hardwear in news

यसअघि बोगटीको प्यानलबाट उपसभापतिमा हरिप्रसाद पौडेल र मानकाजी घिमिरे, सचिबमा ज्ञानेन्द्रकुमार श्रेष्ठ र रणबहादुर शाही, सहसचिबमा शान्ति शर्मा पौडेल र शानिमयाँ कार्कीले उमेद्वारी घोषणा गर्नुभएको थियो ।

बिक्रम बोगटी प्यानलको उमेद्वारी घोषणापछि तस्बिर खिचाउदै । तस्बिर धौलागिरी खबर

काग्रेसको केन्द्रिय राजनीतिमा देखिएको दुई समूहको छायाँ जिल्लामा पनि देखिएको छ । पार्टी सभापति खम्बिर गर्बुजा संस्थापन र पुर्ब सभापति रेशमबहादुर बानियाले बरिष्ठ नेता रामचन्द्र पौडेल खेमाको नेतृत्व गरेर प्रतिस्पर्धा गर्ने देखिएको छ ।

Bhautik ministry notice about road

नगरमा कार्कीलाई गर्बुजा र बोगटीलाई बानियाले साथ दिनुभएको छ । अन्य पालिकाहरुमा पनि दुई समुहका फरक फरक खेमाका आकांक्षीहरुले नेतृत्वमा पुग्न सक्रीय भएका छन् । नगरसभापतिका उमेद्वार कार्कीले कुनै गुटका नेताहरुको आडमा नभई अग्रजको सम्मान र युवाहरुको प्रोत्साहनको लागि आफु नेतृत्वमा आउन चाहेको बताउनुभयो ।

“विवेकशिल, वैचारिक र सुदृढ काँग्रेसका लागि अग्रजको अनुभव र युवाहरुको संकल्प जरुरी रहेकाले पार्टीमा देखिएको गुटबन्दीबाट माथि उठेर प्यानल बनाएका छौ,” उहाँले भन्नुभयो ‘‘पार्टीमा तिब्र गुटबन्दी भएको छ, त्यसको अन्त्य गरि सबल र सुदृढ काँग्रेस बनाउन जरुरी छ, भाषण र बोलीमा सिमित नरहेर व्यवहारमा पार्टीको आन्तरिक सुदृढिकरण आबश्यक रहेकाले हामी नेतृत्वको लागि तयार भएका हौँ ।’’

नेबिसंघबाट काँग्रेसको राजनीति शुरु गर्नुभएका बोगटीले निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूहरु नेतृत्वमा आउन चाहेको बताउनुभयो । ‘काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो नेतृत्वमा आउन लागेको हो,’ बोगटीले भन्नुभयो ‘पार्टीलाई संस्थागत रुपमा बलियो बनाउन हामी अघि सरेको हो ।’

बिक्रम बोगटी ।

गत भदौ १८ गते वडा अधिवेशन सम्पन्न गरेको काँग्रेसको असोज ९ गते गाउँ÷नगर अधिवेशन हुँदै छ । नवनिर्वाचित वडाका वडा सभापतिहरुको बहुमत पक्षले बोगटी र तरुण दलका बहुमत पक्षले कार्कीलाई समर्थन जनाएका छन् ।

१७१ जना क्षेत्रीय प्रतिनिधी रहेको बेनी नगर अधिवेशनमा दुई समूहको कडा प्रतिस्पर्धा हुने बिश्लेषण गरिएको छ । यद्यपी दुबै समूहले अन्तिम समयसम्म सहमतिबाट नेतृत्व चयनको प्रयास गर्ने बताएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...