माओवादीको संगठन बिस्तार अभियान जारी

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको संगठन बिस्तार अभियान अन्तरगत बिहिबार मालिका गाउँपालिका–७ बिममा वडा भेला सम्पन्न भएको छ ।

जिल्ला संयोजक रेशम जुग्जालीको उपस्थितिमा भएको टोल भेलाले बुद्धीबहादुर जुग्जाली अध्यक्ष र होमन जुग्जाली सचिब रहेको ६१ सदस्यीय माओवादीको वडा कमिटि गठन भएको छ ।

यस्तै म्यादीस गर्बुजा अध्यक्ष, बिष्णु सुबेदी उपाध्यक्ष, टिककुमार पाईजा सचिब, शरनकुमार जुग्जाली कोषाध्यक्ष रहेको ४१ सदस्यीय वाइसीएलको वडा कमिटी गठन भएको छ ।

Shreekrishna hardwear in news

तिर्थबहादुर नेपाली अध्यक्ष, रामबहादुर दर्जी उपाध्यक्ष, बलबहादुर नेपाली सचिब र सुकमाया बिक कोषाध्यक्ष रहेको २१ सदस्यीय दलित मुक्तिमोर्चाको वडा कमिटी गठन भएको छ । एमालेबाट माओवादीमा प्रवेश गरेका बिजय गर्बुजा र सुकमाया बिकलाई भेलामा स्वागत गरिएको थियो ।

Bhautik ministry notice about road

यसैगरी बेनपा ३ भकिम्लीको डोलेमा पदमबहादुर पुन अध्यक्ष र मिमबहादुर दमाई सचिब रहेको माओवादी केन्द्रको टोल कमिटी गठन भएको वडा कमिटीका अध्यक्ष खिमबहादुर पुनले जानकारी दिनुभयो ।

त्यस्र्तैगरी बेनपा ४ सिंगाको सुर्केमेलामा हर्कबिर थापा अध्यक्ष, शेरबहादुर केसी उपाध्यक्ष, हिरा थापा सचिब, मनबहादुर किसान उपसचिब र मनबहादुर पौडेल कोषाध्यक्ष रहेको माओवादी केन्द्रको १९ सदस्यीय टोल कमिटी गठन भएको छ ।

कृष्ण बिकको अध्यक्षतामा सुमन गौतम उपाध्यक्ष, सुमन थापा सचिब, प्रकाश कडेल उपसचिब र देबबहादुर किसान कोषाध्यक्ष रहेको वाइसीएलको १७ सदस्यीय वडा कमिटि गठन भएको छ ।

माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोबिन्द पौडेल, वडा कमिटी अध्यक्ष अणबहादुर खड्का –भगवान) लगायतको उपस्थितिमा भेला भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...