लाम्पाटा–दरबाङ सडकको ठेकेदार सम्पर्कबिहिन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजको ठेकेदार सम्पर्क बिहिन बनेका छन् ।

गत बैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै शुरु भएको छैन् । मंगला गाउँपालिकाको लाम्पाटा देखि मालिकाको केन्द्र दरबाङ सम्मको सडक निर्माणको जिम्मेवारी बिरुवा–क्याराभान जेभीले लिएको थियो ।

निर्माण कम्पनीका प्रतिनिधी र सहायक ठेकेदारहरु अधकल्चो काम छाडेर सम्पर्कबिहिन बनेपछि आयोजना अलपत्र पर्नुका साथै नागरिकलाई सास्ति भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो ।

Shreekrishna hardwear in news

“सो ठेकेदारको जिम्मामा पर्ने बाङ्गेपहिरोमा दैनिकजसो पहिरो खसेर सडक अवरुद्ध हुन्छ । यात्रु र सवारी धनीहरु हामीसँग कराउँछन,” उहाँले भन्नुभयो “आयोजना सञ्चालन गर्ने निकाय पुर्बाधार बिकास कार्यालयले बेवास्ता गरेको छ । ठेकेदार पाँच महिनादेखि सम्पर्कबिहिन छन् । पहिरो पन्छाएर सडक मर्मत गरि नियमित यातायात सञ्चालन गर्न समस्या भएको छ ।”

Bhautik ministry notice about road

लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न रु. २२ करोड ५७ लाख ९३२ मा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । उसले हालसम्म पचास प्रतिशत निर्माण सकेको पुर्बाधार बिकास कार्यालयले जनाएको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दीका प्रमुख सन्तोष अर्यालले फोन सम्पर्क गर्दा आउछु आउछु भनेर प्रतिक्रिया दिने ठेकेदार कम्पनीका प्रतिनिधी नआएका र काममा फर्काउन ताकेता गरिएको बताउनुभयो ।

मंगला गाउँपालिकाको सिम देखि लाम्पाटा सम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौताको तयारी गरेको कार्यालयले जनाएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक तीन वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । ्

पहिलो प्याकेजमा पर्ने बेनी देखि सिम सम्मको सहायक ठेकेदारले अधकल्चो छाडेर अलपत्र बनाएको सडकलाई पुर्णता दिन मुख्य ठेकेदारले पाँच महिनापछि गत भदौदेखि काम सम्हालेका छन् ।

समानान्तर–लामा जेभीले ठेक्का लिएको यो सडक आयोजनाको सहायक ठेकेदार तथा प्रतिनिधी दयाराम थापा गत चैत देखि कार्यक्षेत्र छाडेर भागेपछि अलपत्र बनेको थियो । मुख्य ठेकेदार समानान्तरण निर्माण कम्पनीका इञ्जिनियर महेन्द्र शाहले सडक निर्माणलाई पुर्णता दिने गरी काम शुरु गरेको बताउनुभयो ।

बि.स २०७४ असोज ४ गते रु. ४५ करोडमा ठेक्का सम्झौता भएको यो सडक २०७६ माघ ४ गते निर्माण सक्ने लक्ष्य थियो । हालसम्म करिब साठी प्रतिशत मात्रै भौतिक प्रगति भएको पुर्बाधार बिकास कार्यालयले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...