सिंगामा माओवादीको टोल कमिटी

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले पार्टी र वाइसीएलको टोल कमिटी गठन अभियानलाई निरन्तरता दिएको छ ।

यसैक्रममा साबिक सिंगा गाबिसको वडा न. ६ मा बुधबार यादब पौडेलको अध्यक्षतामा
माओवादीको २१ र प्रकाश घर्तिको अध्यक्षतामा वाइसीएलको १५ सदस्यीय टोल कमिटी गठन भएको छ ।

माओवादीको टोल कमिटीको उपाध्यक्षमा बिष्णु भण्डारी, सचिबमा किसोर बानिया, उपसचिमा डेकबहादुर कार्की र कोषाध्यक्षमा सुनिता कार्की लगायत रहनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी वाइसीएलको टोल कमिटीको उपाध्यक्षमा कुशुम भण्डारी, सचिबमा नबिना किसान –चन्द्रकली), उपसचिबमा उजल कुँवर र कोषाध्यक्षमा क्षितिज पुन रहनुभएको छ ।

यसैगरी साबिक ७ नम्बर वडा बाजगरामा दलबहादुर कार्कीको अध्यक्षतामा माया किसान उपाध्यक्ष, सुरेन किसान सचिब, महेन्द्र शाही उपसचिब र नबिना किसान कोषाध्यक्ष रहेको माओवादीको टोल कमिटि गठन भएको छ ।

वडा कमिटीका अध्यक्ष अणबहादुर खड्का भगवानी, नेता तेजबहादुर बानिया, चयन्द्र श्रीस लगायतको उपस्थितिमा भएको भेलाले माओवादी केन्द्र र वाइसीएलको टाल कमिटी गठन गरेको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...