अन्नपूर्णको काँग्रेस सभापतिमा बरुवालको उमेद्वारी घोषणा

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेस अन्नपूर्ण गाउँपालिकाको सभापतिमा कृष्णप्रसाद बरुवालले उमेद्वारी घोषणा गर्नुभएको छ ।

वर्तमान जिल्ला कार्यसमितिका सदस्य र अन्नपूर्ण गाउँपालिका वडा नम्बर ६ घारका वडा अध्यक्ष बरुवालले असोज ९ गते हुने पालिका अधिवेशनका लागि सभापतिमा उमेद्वारी दिने घोषणा गर्नुभएको हो ।

Bhautik ministry notice about road

नेपाल तरुण दल म्याग्दीको पुर्ब अध्यक्ष समेत रहनुभएका बरुवालले काँग्रेसलाई सैद्धान्तिक र संगठिनक हिसाबले बलियो बनाउन पालिका सभापतिको नेतृत्वका लागि अग्रसर भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“अग्रज र नयाँ पुस्ताका नेता कार्यकर्ताहरुको सुझाव अनुसार पार्टीको पालिकाको नेतृत्व लिने निर्णय लिएको हो,” उहाँले भन्नुभयो “अन्य आकाक्षीहरुसँग पनि सर्बसम्मत कार्यसमिति चयनका लागि छलफललाई निरन्तरता दिएको छु । अन्तिम सम्म प्रयास गर्नेछु ।”

अन्नपूर्ण गाउँपाकिलाको वडा न. ५ शिखका कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजाले पनि पालिका सभापतिमा आकाँक्षा देखाएपनि औपचारिक रुपमा घोषणा गरिसक्नु भएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...