असोज १५ गतेदेखि अन्नपूर्णका पर्यटकीय स्थल भ्रमणका लागि खुलाइने

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएको छ ।

कोरोना महामारी फैलिएपछि गत बैशाख महिनादेखि बन्द भएका पर्यटकीय स्थलहरु करिब छ महिनापछि खुल्न लागेका हुन् । पोखरेबगरमा मंगलबार बसेको अन्नपूर्ण गाउँ कार्यपालिकाको बैठकले असोज १५ गतेदेखि पर्यटकीय स्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो ।

कार्यपालिकाका प्रबक्ता कृष्णप्रसाद बरुवालले कोरोना संक्रमणको दर घटेको, खोपको ब्यवस्था भएको, थलिएको पर्यटन ब्यवसाय उठाउन, जनजिवनलाई सहज र आर्थिक गतिबिधीलाई चलायमान बनाउन पर्यटक स्थल खुलाउने निर्णय लिएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीय स्थल र तातोपानी कुण्डहरु औपचारिक रुपमा १८ महिनापछि खुलाउन लागिएको हो,” उहाँले भन्नुभयो “गत माघ, फागुन र चैत महिनामा न्युन संख्यामा पाहुना आएपनि औपचारिक हिसाबले खुलाइएको थिएन् ।”

Bhautik ministry notice about road

अन्नपूर्ण आधार शिविर, भुरुङ्ग, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फुलबारी, करबाकेली, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर र नारच्याङ झरना लगायत पर्यटकीय स्थलका होटल तथा लज खुलाउने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीय स्थलका बासिन्दा, होटल ब्यवसायी र मजदुरहरुलाई कोरोना भाइरस बिरुद्धको खोप लगाउन प्राथमिकता दिएको बताउनुभयो । प्रमुख पर्यटकीय स्थल घोडेपानीका १८ वर्ष माथिका १४० जनालाई बुधबार कोरोना बिरुद्धको खोप लगाइ सकिएको छ ।

तातोपानी, रातोपानी, लगायत पर्यटकीय स्थलका बासिन्दालाई पनि कोरोना बिरुद्धको खोप लगाउन प्राथमिकता दिने गाउँपालिकाले जनाएको छ । अन्नपूर्णका पर्यटकीय स्थलहरु पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताउनुभयो ।
करोडौ लगानी गरेर होटल तथा लज खोलेका ब्यवसायीहरु पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल ब्यवसायीहरुले बताउनुभयो ।

पर्यटकीय स्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शूल्क तथा क्यान्टिन सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...