सामाजिक सेवा दिवसको अवसरमा उज्यालो बैकल्पिक बिद्यालयलाई सहयोग

Gandaki Pardesh notice

बेनी । सामाजिक सेवा दिवसको अवसरमा बुधबार बेनीको उज्यालो बैकल्पिक बिद्यालयलाई बस्तुगत सामग्री सहयोग गरिएको छ ।

सामाजिक बिकास कार्यालयले एक थान डिस्पेन्सर, ७ वटा बोत्तल, ७ वटा डस्टर, एक दर्जन पाइलट पेन, १ दर्जन बोर्ड मार्कर, ७ वटा शिक्षक डायरी र १० थान जिवनी, श्रीमद्भागवद तथा अन्य पुस्तक उपलब्ध गराएको हो ।

Bhautik ministry notice about road

कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य बिनोद केसी, प्रजिअ गणेशबहादुर अधिकारी, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई र कार्यालयका प्रमुख रमेश थापाले उज्यालो बैकल्पिक बिद्यालय सञ्चालक समितिका सदस्य टकसरा रानालाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कार्यक्रममा प्रदेश सांसद केसी र प्रजिअ अधिकारीले सामाजिक विकास कार्यालय स्थापना भएपछि महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्ग लगायत लक्षित समुदायको आवश्यकता र समस्या सम्बोधन गर्न सहयोग पुग्ने बनाउनुभयो ।

कार्यालय प्रमुख थापाले एक हप्ताअघि स्थापना भएको कार्यालयमा जनशक्ति ब्यवस्थापनसँगै प्रदेश सरकार मार्फत बजेट बिनियोजन भएका कार्यक्रम कार्यान्वयनको तयारी गरेको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...