बहुमत वडा सभापतिको उपस्थितिमा बोगटीद्धारा काँग्रेसको बेनी नगरसभापतिमा उमेद्वारी घोषणा

Sinchai Khanipani notice

बेनी । नेपाली काँग्रेसको बेनी नगर सभापतिमा युवा नेता बिक्रम बोगटीले उमेद्वारी घोषणा गर्नुभएको छ ।

बेनीमा बुधबार ९ वटा वडाका सभापति, वर्तमान नगरसभापति, सचिब र काँग्रेसका पुर्ब जिल्ला सभापति रेशमबहादुर बानियाको उपस्थितिमा बोगटीले नगर सभापतिको उमेद्वारी घोषणा गर्नुभएको हो ।

बोगटीको समुहका तर्फबाट उपसभापतिमा हरिप्रसाद पौडेल, मनकाजी घिमिरे, सचिवमा ज्ञनेन्द्रकुमार श्रेष्ठ, रणबहादुर शाही, सहसचिवमा शान्ति शर्मा पौडेल र शानिमाया कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

Shreekrishna hardwear in news

घोषणा कार्यक्रममा काँग्रेसका पूर्व सभापति एवम् संविधानसभा सदस्य रेशम बानियाँ, नगर सभापति अनोद श्रेष्ठ, बेनीका १० मध्य वडा नम्बर ९ बाहेकका ९ वटा वडाका वडासभापतिहरु र क्षेत्रीय प्रतिनिधिहरुको सहभागिता थियो । बोगटीको समुहलाई बानियाँको समर्थन छ ।

Bhautik ministry notice about road

नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गर्नुभएका बोगटी बेनी नगरपालिका–१ रत्नेचौरका हुनुहुन्छ । बोगटी बि.स. २०६५ मा म्याग्दी बहुमुखी क्याम्पसमा स्ववीयू सभापतिको उमेद्वार बन्नुभएको थियो । करिब दश बर्ष एफ एफ रेडियोमा काम गरेका बोगटी पछिल्लो समय ब्यवसायमा गर्दै आउनुभएको थियो ।

यसअघि वर्तमान सभापति खम्बिर गर्बुजाको समुहबाट रविन्द्र कार्की (रबी)ले नगर सभापतिमा उम्मेदवार घोषणा गरिसक्नु भएको छ । कार्यक्रममा पूर्व सभापति बानियाँले नेपाली काँग्रेसलाई बलियो र संस्थागत रुपबाट सञ्चालन गर्न युवालाई नेतृत्वमा अघि सारेको बताउनुभयो .

निष्ठा र इमानको राजनीतिलाई जोगाउन आफूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरेको बोगटीले बताउनुभयो । ‘काँग्रेसप्रति जनताको विश्वास गुम्न नदिन, पार्टीप्रति युवाको आकर्षण बढाउने गरी बलियो नेतृत्वमा आउन लागेको हो,’ बोगटीले भन्नुभयो ‘पार्टीलाई संस्थागत रुपमा बलियो बनाउन हामी अघि सरेको हो ।’

नेपाली काँग्रेसको बेनपा ७ को सभापति रेशम श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नगरसभापति अनोद श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...