संगठन बिस्तार अभियान लिएर माओवादीका नेता टोल टोलमा

Gandaki Pardesh notice

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन बिस्तार अभियान लिएर टोल टोलमा पुगेका छन् ।

संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नबिकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका बिषयमा पार्टीको धारणा बुझाउन नेताहरुले टोल अभियानमा जुटेका हुन् ।

आफ्नै शक्ति र बिचारमा पार्टीलाई बलियो बनाउन माओवादीले जिल्लाब्यापी सदस्यता नबिकरण, पार्टी र जनबर्गिय संगठन पुर्नगठनसँगै कार्यकर्ता र जनपरिचालनमा जोड दिएर अभियानमा जुटेको जिल्ला इञ्चार्ज गोबिन्द पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

“संघीयता, समावेशी, गणतन्त्र, संबिधान जस्ता राजनीतिक उपलब्धी माओवादी आन्दोलनबाट प्राप्त भएको सन्देश लिएर टोल टोलमा पुग्ने कार्यक्रम बनाएका छौ,” उहाँले भन्नुभयो “कार्यकर्ताहरुको भावना, बिचार, अपेक्षा र गुनासो सुन्ने, समस्या सम्बोधन गर्ने अवसरका रुपमा पनि यो अभियानलाई लिएका छौ ।”

अभियानका क्रममा जनयुद्धमा सहभागी नेता, कार्यकर्ता, सहिद परिवार र शुभचिन्तकहरुलाई भेट्नुका साथै संगठनमा जोडेर सक्रिय बनाउने नीति लिएका छन् । यसै क्रममा मंगलबार मालिका गाउँपालिका–४ ओखरबोटमा भएको भेलाले रेशम पुन अध्यक्ष र दलबहादुर खड्काथोकी सचिब रहेको ४५ सदस्यीय माओवादीको वडा कमिटि गठन भएको छ ।

Bhautik ministry notice about road

लोकेन्द्र बिक अध्यक्ष, देबेन्द्र बुढा उपाध्यक्ष, कुमार घर्ति सचिब, प्रेम सिरपाली सहसचिब र इन्द्रकुमार रसाइली कोषाध्यक्ष रहेको ४१ सदस्यीय वाइसीएलको वडा कमिटि गठन भएको छ । काँग्रेसबाट माओवादीमा प्रबेश गरेका दोलदेबी पुन, दिलमती बिक लगायतलाई माओवादीका जिल्ला संयोजक रेशम जुग्जाली, वडा अध्यक्ष दिलिप शेरचन, नेता दोरण शेरचन लगायतले स्वागत गर्नुभएको थियो ।

यसैगरी प्रदेश कमिटी सदस्य टेकबहादुर बिकको प्रमुख आतिथ्यतामा मंगला गाउँपालिका–३ बरंजामा वडा कमिटी अध्यक्ष मोहनलाल सापकोटाको अध्यक्षता र सचिब श्यामबहादुर थापाको सञ्चालन तथा पालिका कमिटीका अध्यक्ष याम रोकाको उपस्थितिमा बैठक सम्पन्न भएको छ ।
बेनी नगरपालिका–४ सिंगाको साबिक ७ नम्बर वडामा दलबहादुर कार्कीको अध्यक्षतामा माओवादी र सुस्मिता किसानको अध्यक्षतामा वाइसीएलको टोल कमिटी गठन गरिएको माओवादीका वडा कमिटी अध्यक्ष अणबहादुर खड्का (भगवान)ले जानकारी दिनुभयो ।

बरंजामा भएको मंगला ३ नम्बर वडा कमिटीको बैठकमा सहभागी माओवादीका नेताहरु । तस्बिर धौलागिरी खबर

बेनी नगरपालिका ३ भकिम्लीको दुधेखोलामा भानुभक्त थापाको अध्यक्षतामा १३ सदस्यीय, हल्लेगौडा, पानीस्वाँरामा कृष्ण छन्त्यालको संयोजकत्वमा १७ सदस्य, चिनाखेत राताखालमा सतिकला पुनको संयोजकत्वमा १५ सदस्यीय टोल कमिटी गठन भएको वडा कमिटी अध्यक्ष खिम पुनले जानकारी दिनुभयो ।

जिल्ला कमिटीका सचिवालय सदस्य तथा भकिम्लीका वडा अध्यक्ष पदम पुन र वडा कमिटी अध्यक्ष पुनको अगुवाइमा भकिम्लीका टोल टोल टोलमा माओवादीको भेला, बैठक सञ्चालन भइरहेको छ ।

सिंगामा भेलापछि अभिवादन गर्दै माओवादीका नेता कार्यकर्ताहरु । तस्बिर धौलागिरी खबर
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...