असोज १० गतेबाट खुल्ने भयो मुक्तिनाथ मन्दिर

Gandaki Pardesh notice

बेनी । मुस्ताङ स्थित हिन्दु र बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेबाट पुजाआजाका लागि खुल्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मंगलबार बसेको कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र र सुरक्षा समितिको बैठकले गत बैशाख महिनादेखि देखि बन्द भएको मुक्तिनाथ मन्दिर खुलाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तिर्थयात्री र भक्तजनहरुका लागि असोज १० गतेदेखि मुक्तिनाथ मन्दिरमा पुजाआजा खुल्ला गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“स्वदेशीका लागि पिसिआर, एन्टिजिन परिक्षणको रिपोर्ट वा कोरोना बिरुद्धको खोप लगाएको मध्य कुनै एक प्रमाणको आधारमा मुक्तिनाथमा प्रवेश दिने निर्णय भएको छ,” उहाँले भन्नुभयो “बिदेशीहरुका लागि ७ दिनभित्रको पिसिआर रिपोर्ट अनिबार्य गरिएको छ ।”

बडादशैको सोह् श्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन आउने गर्छन् । कोरोना (भाइरस)को संक्रमण फैलिएपछि २०७८ बैशाख तेस्रो सातादेखि मुस्ताङमा गरिएको निषेधाज्ञा पाँच महिनापछि गत भदौ २३ गतेदेखि खुलाइएको थियो ।

Bhautik ministry notice about road

१८ वर्ष माथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाएको र संक्रमण दर न्युन रहेकाले जनजिवनलाई सहज बनाउन निषेधाज्ञा हटाएको प्रशासनलाई बिश्वप्रसिद्ध मुक्तिनाथ मन्दिरमा पनि खुलाउन दवाव परेको थियो ।

निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन ब्यवसाय चलायमान, जनजिवन सहज र बिकास निर्माणले गति लिने अपेक्षा गरिएको छ । कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका ७ सहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

समुन्द्रि सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दु तथा बौद्ध धर्मावलम्बिहरुको साझा तिर्थस्थल मानिन्छ । शालिग्राम भगवानको लागि प्रशिद्ध मुक्तिनाथ दर्शन गरेमा मोक्ष प्राप्त हुने बिश्वास छ । भगवान बिष्णुको शालिग्राम शिलाको रुपमा पूजा गरिन्छ ।

यसै ठाउँको बाटो भएर बौद्ध भिक्षु पद्मसम्भव बौद्ध धर्मको प्रचारका लागि तिब्बत भएकाले यसलाई बौद्ध धर्मावलम्बिहरुको पनि तिर्थस्थल मानिन्छ । १०८ धारामा स्नान र मुक्तिनाथ मन्दिरमा पुजाआजा तथा दर्शन पुजा गर्ने चलन छ । मन्दिर परिसरमा गुम्बा पनि रहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...