मोना जापानको अध्यक्षमा सचिन

Gandaki Ghumau

बेनी । अध्ययन र रोजगारको सिलसिलामा जापान पुगेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना जापानको अध्यक्षमा सचिन श्रेष्ठ चयन हुनुभएको छ । आइतबार जापानमा सम्पन्न सातौँ अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

नबनिर्वाचित कार्य समितिको बरिष्ठ उपाध्यक्ष बिशाल केसी, उपाध्यक्ष ओमप्रकाश तुलाचन, हेम जुग्जाली, महिला उपाध्यक्ष पबित्रा पुन, क्षेत्रीय उपाध्यक्ष टिका छन्त्याल, महासचिव गणेश श्रेष्ठ, सचिव सागर कार्की, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की, सह–कोषाध्यक्ष खिम बहादुर पुन र महिला संयोजक धना पुर्जा रहनुभएको छ ।

Gunasthariya Shiksya

त्यस्तै समितिको सदस्यहरुमा कबिता भट्टचन, प्रदिप मगर, जिबन थापा मगर, रेखा केसी, दिपक सुबेदी, सिमन पुन चयन हुनुभएको छ । अधिवेशनबाट युवा संयोजकमा निरोज पुन, सांस्कृतिक संयोजकमा ढक प्रसाद जुग्जाली, र भेगिय संयोजकमा भुपेन्द्र बरुवाल चयन हुनभएको नबनिर्वाचित महासचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

Shreekrishna

म्याग्दीको बेनी स्थायी घर भएका अध्यक्ष श्रेष्ठ बिगत १५ बर्ष देखि जापानमा ब्यबसाय गर्दै आउनु भएको छ । मोना जापानले त्यहाँ रहेका म्याग्देलीहरुको समस्यामा सहयोग गर्दै आएको छ । जिल्लाका सामाजिक, सांस्कृतिक र खेलकुदको क्षेत्रमा पनि मोना जापानले महत्वपूर्ण सहयोग पु¥याउदै आएको छ ।

अधिवेशनको पुर्व सन्ध्यामा जापानकै क्षेत्रीय समितिले भने संस्थाको बिधान र सांगठनिक संरचना प्रति असन्तुष्टि जनाउँदै संयुक्त बिज्ञप्ती प्रकाशन गरि अधिवेशनमा सहभागी नहुने घोषणा गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...