शुभकामना कृषि सहकारीको १४ औ साधारणसभा

Gandaki Ghumau

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थाको १४ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद शर्माको स्वागत र सचिब देबेन्द्रबहादुर बानियाको सञ्चालनमा सम्पन्न साधारणसभाको प्रमुख अतिथि वडा अध्यक्ष गोबिन्दप्रसाद पौडेल रहनुभएको थियो ।

सोही अवसरमा संस्थाका सदस्य शशिधर सापकोटाले रचना गर्नुभएको कबिता संग्रह दुई ढुङ्गाको तरुल बिमोचन गरिएको थियो । सभामा शेयर सदस्य चन्द्रशेखर शर्मा, युक्तप्रसाद शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

८०० जना शेयर सदस्य रहेको संस्थाले गत आर्थिक वर्षमा रु. ११ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार गरेको कोषाध्यक्ष राजाराम पौडेलले जानकारी दिनुभयो । सिंगा र आसपासका क्षेत्रका कृषकले उत्पादन गरेको दूध संकलन र बजारीकरण गर्दै आएको संस्थाले बिक्री नभएको दुधबाट कुराउनी बनाएर बिक्री गर्ने गरेको संस्थाका प्रबन्ध सञ्चालक दिपक सापकोटाले बताउनुभयो ।

संस्थाले गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नमुना कृषि गाउँ कार्यक्रम समेत सञ्चालन गरेको छ । गत वर्ष प्रदेश सरकारको रु. दश लाख ५५ हजार ८७८ सहयोगमा कागतीका बिरुवा बितरण, जैबिक मल, बिषादी बितरण, लिफ्ट र साना सिचाई आयोजना निर्माण गरेको थियो ।

यसैगरी भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रको रु. एक लाख असी हजारमा सोलार, इन्भटर जडान, दूग्ध ब्यवसाय प्रर्वद्धन गर्न कृषकहरुलाई करिब रु. चार लाख ६५ हजार मुल्य बराबरको काउम्याट, भिटामिन, औषधी र धाँसका बिरुवा उपलब्ध गराएको थियो ।

नेपाल लाईभ स्टक इनोभेसन सेक्टर पोखराले एक हजार लिटर क्षमताको मिल्क चिलिङ भ्याट अनुदानमा खरिद गरेको छ । दूध बिक्रीबाट संस्थालाई गत वर्ष रु. दुई लाख ५१ हजार ६६८ आम्दानी भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...