संबिधान दिवसका अवसरमा म्याग्दीका पाँच जना कैदीको सजाय मिनाह, चार जना ब्यक्तित्व बिभुषित

Gandaki Pardesh notice

बेनी । सातौ संबिधान दिवस– २०७८ को अवसरमा जिल्ला कारागार शाखा म्याग्दीमा रहेका पाँच जनाको कैद मिनाह भएको छ ।

गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपति बिद्यादेबी भण्डारीले देशभरका कारागारमा असल चालचलन भएका पचास प्रतिशत सजाय भुक्तान गरेका ५३१ जनालाई बाँकी कैद मिनाह गर्ने निर्णय गर्नुभएको थियो ।

म्याग्दी कारागारका जेलर धिरेन्द्रराज पन्तले विभिन्न मुद्दामा अदालतले तोकेको कैद सजाय भुक्तान गरिरहेका पाँच जनाको बाँकी कैद सजाय मिनाह गरि आइतबार थुनामुक्त गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

कैद मिनाहको सुबिधा पाएर थुनामुक्त हुनेमा पर्वतकी गितादेबी पौडेल, सिन्धुलीका रमेश भनिने (रत्नबहादुर बिक), म्याग्दीका कमल पुर्जा, कुमार पुन र रुद्रबहादुर सुनार रहेका छन् ।

Bhautik ministry notice about road

पौडेल बहुबिवाह, रमेश, पुर्जा र पुन कर्तब्य ज्यान तथा सुनार बैदेशिक रोजगार सम्बन्धी मुद्दामा अदालतले तोकेको भन्दा बढी समय कैद सजाय भुक्तान गरेका थिए । २५ जना पुरुष कैदीको क्षमता भएको म्याग्दी कारागारमा हाल १०० जना पुरुष र सात जना महिला कैदी छन् ।
कारागारको महिला कैदी कक्षको क्षमता दश जनाको हो । कारागारको क्षमता बिस्तार नहुँदा कैदीबन्दीको बसाई ब्यवस्थापन गर्न समस्या भएको छ ।

यसैगरी संबिधान दिबसको अवसरमा म्याग्दीका चार जना विभिन्न पदकबाट बिभूषित भएका छन् । म्याग्दीमा खोप अभियान र कोरोना महामारी नियन्त्रणको अगुवाई गर्नुभएका स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले प्रवल जनसेवाश्री पदकबाट बिभूषित हुनुभएको छ ।

सामाजिक अभियन्ता मंगला गाउँपालिका–४ की सपना रोका, बाल समाजसेवी मंगला गाउँपालिका–१ पूर्णगाउँकी प्रियन्सा रेग्मी र अपाङ्गता भएका टेबल टेनिस खेलाडी धवलागिरी गाउँपालिका–७ धारापानीका केशव थापाले पनि जनसेवाश्री पदक पाउनुभएको छ ।

सरकारले देशभर विभिन्न कार्यक्रम गरेर संबिधान दिबस मनाउने निर्णय गरेपनि म्याग्दीमा कुनै पनि कार्यक्रम नभएको बताइएको छ । स्थानीय प्रशासन, पालिका र राजनीतिकर्मीहरुको बेवास्ताका कारण संबिधान दिबस सम्बन्धी कार्यक्रम नभएको नागरिक अगुवाहरुले टिप्पणी गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...