अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम कटुवाल

Gandaki Ghumau

बेनी । नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववीयू क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औ जिल्ला सम्मेलनबाट रेशम कटुवालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, दृतीय उपाध्यक्षमा हेमन्त पाण्डे, सचिवमा विवेक केसी, सह–सचिवमा सुस्मिता बाँनिया, सज्जन आचार्य, कोषाध्यक्षमा आइतराम तामाङ चयन भएको अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका पुर्व अध्यक्ष एवम् निर्वाचन अधिकृत सन्दिप खत्रीले जानकारी दिनुभयो ।

सदस्यहरुमा सन्दिप खत्री, किरन केसी, पुजा बराईली, प्रभु थापा, सन्दिप शर्मा, रिता खत्री, गकुल थकाली, अनिल भण्डारी, कृष्ण थापा लगायत चयन हुनुभएको छ । फ्याक्सन इन्चार्जमा कुशल पौडेल रहनुभएको छ ।

Shreekrishna

सम्मेलनमा सहभागी हुन बेनीमा भेला भएका बिद्यार्थीहरुले एमएसिसी परियोजना संसदबाट पारित नगर्न दवाब दिदै ¥याली निकालेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले नेपालीको राष्ट्र र राष्ट्रियता बचाउनका लागि यथास्थितिमा एमसीसी पारित गर्न नहुने बताउनुभयो ।

Gunasthariya Shiksya

‘एमसीसीका बुदाहरु जस्ताको जस्तै पास गरेमा नेपालको राष्ट्रियता गुम्ने निश्चित छ,’ उहाँले भन्नुभयो ‘सरकारले अमेरिकाको सबै सर्त मानेर एमसिसी हुबहु पारित गरायो र हाम्रा पार्टीका संसदले साथ दिएभने शिर्ष नेताकै बिरुद्ध आन्दोलन गर्छौ ।’

नेकपा माओवादी केन्द्रले एमसीसी भित्र रहेका आपत्तिजनक बुदाहरु नहटाएसम्म नेपाल सरकारबाट पास नहुने बतादै अमेरिकाले थप प्रष्ट पारेपछि र संशोधन गरेपछि विकल्पमा सोच्न सकिने विद्यार्थीमाझँ प्रष्ट गराउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले सिद्धान्त र विचारको राजनीतिमा केन्द्रित हुन विद्यार्थीलाई आग्रह गर्नुभयो । संगठनले शिक्षा क्षेत्रभित्र रहेको विकृति र समस्या हटाउन र गुणस्तर शिक्षा निर्माणका लागि दवाब सिर्जना गर्न विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

अनेरास्ववीयू क्रान्तिकारी केन्द्रिय सचिव प्रविणा अधिकारीले महंगा शैक्षिक संस्थाहरुको विरुद्ध आन्दोलन गरिरहन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एकीकृत अखिल नेपाल शिक्षक संघ गण्डकी प्रदेश संयोजक सोमनाथ ढुगांनाले संघीय शिक्षा ऐन निर्माण गर्न विद्यार्थीहरुले दवाव सिर्जना गर्न आग्रह गर्नुभयो ।

रेशम केसीको अध्यक्षता र भाइरथ पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा अनेरास्ववियू क्रान्तिकारी म्याग्दीका पुर्व अध्यक्ष एवम् वाईसिएल जिल्ला संयोजक सन्दिप खत्री, अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य ज्योती लामिछाने, एकीकृत अखिल नेपाल शिक्षक संघ म्याग्दीका अध्यक्ष होमनाथ पाण्डेले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...