काठमाडौबाट मन्दिराले पठाइन दूधेखोलाका बाढी पिडितलाई राहत

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ दूधेखोलाका बाढी पडितलाई काठमाडौबाट मन्दिरा श्रेष्ठले पठाउनुभएको राहत शनिबार बितरण गरिएको छ ।

वडासदस्य गेमबहादुर घर्तिको रोहबरमा चार परिवारलाई रु. पच्चिस हजार नगद र तीन परिवारलाई रु. पच्चिस हजार बराबरको खाद्यान्न उपलब्ध गराइएको हो । दिपा पुनलाई रु. दश हजार, नारायण पुन, डिल्लीराम थापा र खड्गबहादुर रोकालाई रु. पाँच÷पाँच हजार नगद बितरण गरिएको छ ।

बाढीले जग्गा र बालीको क्षत्ति ब्यहोरेका दुर्गा थापा, गोपाल घर्ति र लिलाबहादुर घर्तिलाई चार÷चार बोरा चामल उपलब्ध गराइएको समन्वयकर्ता अनोद श्रेष्ठले जानकारी दिनुभयो । नेपाली काँग्रेस म्याग्दीका उपसभापति माधवप्रसाद श्रेष्ठ, सचिब मिनबहादुर कार्की, बेनी नगर सभापति अनोद श्रेष्ठ, जिल्ला सदस्य मनकुमारी बिक, शिक्षक संघका अध्यक्ष दुर्गाराम सुबेदी र नेपाल महिला संघ म्याग्दीका उपसभापति निर्मला श्रेष्ठको टोलीले राहत बितरण गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत भदौ पहिलो हप्ता दूधेखोलामा आएको बाढीले एक वटा घर पूर्ण, दुई वटा उच्च जोखिममा पार्नुका साथै एक वटा भैसी मरेको, सडक, खानेपानीको पाइप बगाएको, म्याग्दी नदीमा तलाउ बनेको, कोप्रे र दूधेखोलाका ४० घर जोखिममा परेका छन् ।

बाग्लुङमा जन्मिएर बेनीमा बिवाह गरि हाल काठमाडौमा ब्यवसाय गर्दै आउनुभएकी मन्दिराले यस अघि पनि म्याग्दीमा बिपद् ब्यवस्थापनमा सहयोग गर्नुभएको छ । गत वर्षको पहिरो पिडितलाई रु. चार लाख पचास हजार मूल्य बराबरको सहयोग गर्नुभएकी मन्दिरा काठमाडौ स्थित मानव सेवा आश्रम र बागलुङ काठमाडौ महिला समुहको सचिबको रुपमा सामाजिक गतिबिधीमा सक्रीय हुनुहुन्छ ।

उहाँको पहलमा गत वर्षनै बेनपा ५ नयाँगाउँकी नन्दकली दर्जीको करिब रु. सात लाखमा घर निर्माण गर्नुका साथै ४५ जना बालबालिकालाई न्यानो कपडा बितरण गर्नुभएको थियो । पर्वतको मोदी गाउँपालिका–५ ओखलढुङ्गाको बालज्योति आधारभूत बिद्यालयका बालबालिकालाई न्यानो कपडा र शौचालय मर्मत गर्न रु. दश हजार सहयोग गर्नुभएको छ ।

उहाँले म्याग्दीमा आपत बिपद् पर्दा जस्तो सुकै अवस्थामा पनि मनकारी भावनाले सहयोग गर्दै आउनुभएको बेनीका दिपेन्द्र श्रेष्ठले बताउनुभयो । राहत बितरणपछि नेपाली काँग्रेस म्याग्दीका उपसभापति रेग्मी र सचिब कार्कीले सहयोगदाता श्रेष्ठको सहयोगी भावनाको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...