बेनपा–४ मा मगर संघको नयाँ कार्यसमिति

Gandaki Pardesh notice

बेनी, नेपाल मगर संघ बेनी नगरपालिका–४, सिंगा वडा इकाईको शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट कृष्णबहादुर घर्ति मगरको अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

उपाध्यक्षमा चित्र बहादुर गर्बुजा, सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा खिरमाया पुन, सहसचिवमा बलबहादुर श्रीस र सदस्यहरुमा हिरामति थापा, अनिता घर्ति, शुसिला पुन, बलबहादुर घर्ति, खरिमाया पुन, खमिसरा रोका, अस्मिता थापा र लालबहादुर रोका चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

टेकबहादुर फगामी, पालमति जुग्जाली, मनबहादुर रोका, टेकबहादुर पुन र प्रेम श्रीसलाई सल्लाहकारमा चयन गरिएको छ । मिना गर्बुजाको संयोजकत्वमा पाँच सदस्यीय सांस्कृतिक उपसमिति गठन भएको छ ।

Shreekrishna hardwear in news

कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समितिका सदस्य हिराबहादुर पुनले मगर समुदाय एकताबद्ध भएर भाषा, कला र संस्कृतिको संरक्षणमा जोड दिनुभयो । उहाँले कार्यसमितिको संस्थागत बिकासका लागि पाँच हजार रुपैयाँ उपलब्ध गराउनुभएको छ ।

टेकबहादुर फगामीको अध्यक्षता, मिना गर्बुजाको सञ्चालन र कौप्रसाद बुढाथोकीको स्वागतमा सम्पन्न कार्यक्रममा वडा सदस्य खडानन्द कडेल, मनबहादुर रोका लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...