मोना मलेसीयाको अध्यक्षमा आरसी

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना) मलेसीयाको अध्यक्षतामा रामचन्द्र केसी (आरसी खत्री) चयन हुनुभएको छ ।

रोजगारी र बिभिन्न पेशा ब्यवासयको शिलशिलामा मलेसीयामा रहेका म्याग्देलीहरु आवद्ध मोनाको राष्ट्रिय समितिको उपाध्यक्षमा छमबहादुर शाही, सचिबमा यज्ञदत्त आचार्य, सहसचिबमा बिनयकुमार बिक, कोषाध्यक्षमा अनिल केसी खत्री, संरक्षकमा बमबहादुर सुनार र सल्लाहकारमा लालबहादुर रोका (एल.बि. मगर) चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा हेमबहादुर बानिया, यामलाल शर्मा, दमन पुन, रमेश केसी, दुर्गाबहादुर केसी, कर्णबहादुर पुर्जा, जोगिन्द्र श्रिसमगर, गणेशकुमार महत, चित्र फगामी मगर, पुर्ण रोका, होमा बोहोरा क्षेत्री र सन्तोष किसान रहनुभएको छ ।

Shreekrishna hardwear in news

मोना अन्तराष्ट्रिय समितिका अध्यक्ष ओमनारायण जुग्जालीको प्रमुख आतिथ्यता, महासचिब बिक्रम कार्कीको बिशेष आतिथ्यता, तदर्थ समितिका संयोजक रामचन्द्र केसीको अध्यक्षता, उपाध्यक्ष छमबहादुर शाहीको स्वागत र सचिब यज्ञदत्त आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...