बास्केटबल संघमा पुर्जा

Sinchai Khanipani notice

प्रतिक्षा खड्का
बेनी, । जिल्ला बास्केटबल संघ म्याग्दीको अध्यक्षमा एकिन पुर्जा चयन हुनुभएको छ । बेनी स्थित जिल्ला खेलकुद बिकास समितिको सभाहलमा बिहिबार भएको बास्केटबल खेलाडीहरुको भेलाले खेललाई व्यबस्थित र नयाँ खेलाडीलाई प्रोत्साहन गर्न संघ गठन गरेको हो ।

समितिको उपाध्यक्षमा शुशिल भण्डारी, राजेन्द्र गुरुङ्ग, सचिबमा गोपाल पुन, कोषाध्यक्षमा सोनीया पुन र सहसचिबमा नबिन पुन चयन भएका छन् । त्यस्तै सदस्यमा युमन पुन, मन बहादुर रोका, अनिष गौचन, रमेश भट्टचन र सुमन पुन रहेका छन् ।

Bhautik ministry notice about road

समितिको सल्लाकारमा बिसन राना, प्रबिण शाही र छकप्रसाद राम्जालीलाई चयन गरेको छ । बास्केटबल संघका केन्द्रिय उपाध्यक्ष जुमप्रसाद गुरुङ्गले जिल्ला स्तरमा राम्रा खेलाडीहरु भएपनि अवसर नपाउदा बाहिर देखिन नसकेको बताउदै खेल क्षेत्रमा स्थानीय तहले पनि चासो दिनुपर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष दिनेश केसीको अध्यक्षता सदस्य कुमार किसानको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष बिसन रानाले स्वागत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...