बालबिवाह किन गर्न हुदैन ?

Gandaki Ghumau

बेनी । संगम म्याग्दीको आयोजनामा गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाको समन्वयमा “सामान्य अवस्था वा कोभिड महामारी ः बाल संरक्षण हाम्रो जिम्मेवारी” भन्ने मुल नाराका साथ ५७ औँ राष्ट्रिय बाल दिवसको अवसरमा बालविवाह किन गर्न हुँदैन ः भुमिका निर्वाह प्रतियोगिता भिडियो माध्यामबाट सम्पन्न भएको छ ।

प्रतियोगितामा धवलागिरी गाउँपालिका र मालिका गाउँपालिकाका विद्यालयका विद्यार्थीहरु सहभागि भएका थिए । ६ र ८ कक्षा र ९ र १० कक्षा गरि दुई समुहमा विभाजन गरि सञ्चालन गरिएको प्रतियोगितामा ६–८ कक्षा समुहबाट हेम मा.वि.कक्षा ६ मा अध्ययनरत अन्जान घर्ति प्रथम, देउराली आ.वि. (मालिका गाउँपालिका) कक्षा ८ की छात्रा सुजाता रसाइली द्धितिय, खोरिया आ.वि. कक्षा ८ का रोशन पुर्जा मगर तृतिय र जनकल्याण मा.वि. कक्षा ८ मा अध्ययनरत टेक कुमारी वि.क. सान्त्वाना भएका छन् ।

Gunasthariya Shiksya

साथै मा.वि तह अन्तरगत ताकम मा.वि. मा कक्षा १० मा अध्ययनरत करुणा परियार प्रथम, जनकल्याण मा.वि. कक्षा १० मा अध्ययनरत एलिशा वि.क. द्धितिय, हेम मा.वि. शिवाङ्गमा कक्षा १० मा अध्ययनरत मञ्जु सिर्पाली तृतिय र किसानी मा.वि. धारापानी कक्षा १० मा अध्ययनरत शुशिल थापा सान्त्वाना भएकाछन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुन सफल प्रतियोगिहरुलाई पुरस्कार र प्रमाण पत्र र सहभागि सबैजनालाई सहभागिताको प्रमाण पत्र प्रदान गरिनेछ ।

Shreekrishna

कोरोना महामारीको समयमा प्रत्यक्षरुपमा कुनै पनि कार्यक्रम आयोजना गर्न नसकेता पनि राष्ट्रिय बालदिवसको अवसरमा भिडियो मार्फत सामुदायिक विकास परियोजना अन्तरगत आयोजना गरिएको भिडियो प्रतियोगिताले बालबालिकाहरुलाई सृजनशिल बन्न प्रेरित र बालविवाह न्युनिकरणमा सघाउने विश्वास लिएको ताकम मा.वि.का प्रधानाध्यापक ओमकार पौडेलले बताउनुभयो ।

भिडियो मार्फत सहभागि बालबालिकाले बाल विवाह के हो किन गर्न हुदैन भन्ने विषयमा अभिभावकको घरमा गएर अभिभावकहरुलाई सम्झाएका छन् । जसमा बालबालिकाहरुले अभिभावकहरुलाई बालविवाह गर्नुहुन्न भनेर जनचेतना फैलाउन र कहिँकतै बालविवाह हुँदै छ भन्ने थाहा पाएमा प्रहरी चौकीमा खवर गर्न अनुरोध गरेका छन् । साथै बालविवाह गरेमा ३ वर्ष जेल सजाय र ३० हजार सम्म जरिवाना हुने भन्ने सुचना प्रवाह गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...