म्याग्दीका बिकास आयोजनामा अस्वभाविक ढिलासुस्ति भयो – देबेन्द्रबहादुर कटुवाल,प्रमुख, जिल्ला समन्वय समिती म्याग्दी

Sinchai Khanipani notice

म्याग्दीमा तीनै तहका सरकारले सञ्चालन गरेका पूर्बाधार सम्बन्धी आयोजना समयमै निर्माण सकिएका उदाहरण कमै मात्र छन् । योजनाको डिजाइनमा भएको लापरबाही, नियमित पर्याप्त बजेट ब्यवस्थापन नहुनु, ठेक्का प्रक्रियामा हुने अस्वस्थ्य प्रतिस्पर्धा, कर्मचारीको झञ्जटिलो र प्रक्रियामुखी कार्यशैली, कमजोर र प्रतिकुल भूगोल, निर्माण ब्यवसायीको गैरजिम्मेवारीपन, आयोजना स्थलको सामाजिक समस्याका कारण म्याग्दीका धेरै आयोजना अलपत्र बनेका छन् । संबिधानमै समन्वयको भूमिका पाएको जिल्ला समन्वय समिति म्याग्दीका पदाधीकारी अन्य जिल्लाको तुलनामा सक्रिय देखिन्छन् । बिकास आयोजनाको अनुगमन, सहजिकरण र समन्वयको अगुवाई गर्नुभएका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्रबहादुर केसीसँग सन्तोष गौतमले गरेको कुराकानी ।

–म्याग्दीमा पूर्बाधारको क्षेत्रमा कुन कुन आयोजनालाई प्राथमिकता दिइएको छ ?

म्याग्दी जिल्लामा संघीय, प्रदेश सरकार र स्थानीय तहहरुले विभिन्न क्षेत्रका बिकास आयोजनाहरु सञ्चालन गरेका छन् । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, पर्यटन पुर्बाधार, जलबिद्युत, बिद्युतिकरण सम्बन्धी आयोजना म्याग्दीमा प्राथमिकताका साथ सञ्चालन भएका छन् । बिशेष गरेर सडक निर्माण र स्तरोन्नतिलाई सबैले प्राथमिकता दिएको पाइन्छ । सञ्चालनमा रहेका जति पनि आयोजनाहरु छन् ती जुन रुपमा अघि बढ्नु पर्दथ्यो विभिन्न कारणले सन्तोषजनक रुपमा अगाडी बढ्न सकेको पाइएको छैन् ।

Shreekrishna hardwear in news

–आयोजनाहरुमा सन्तोषजनक काम नहुनुको कारण के हो ?

म्याग्दी जिल्लाको प्रतिकुल, कमजोर भूगोल र बिकटताले केही समस्या सिर्जना भएको छ । निर्माण ब्यवसायीहरुले आफुले लिएको काम गुणस्तरीय, जिम्मेवारी पुर्वक पुरा नगर्दा समस्या देखिएका हुन् । बिकास आयोजनाहरुलाई तिब्रता दिनका निमित्त सरोकारवाला सबैको उपयुक्त रुपमा ध्यान पुग्नुपर्ने देखिन्छ । निर्माण सकिसक्नुपर्ने गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको ७५ प्रतिशत छ । जिल्लाको महत्वपूर्ण पोखरेबगर–चित्रे सडक, बागलुङ–बेनी, बेनी–दरबाङ, गलेश्वर–पिप्ले–भगवति–बेग, दरबाङ–धारापानी सडक आयोजनाको प्रगति पनि सन्तोषजनक छैन् । मुख्य र सहायक सडकहरुमा निर्माणाधिन १७ वटा सडक पुल मध्य अधिकांशमा बिबिध कारणले ढिलासुस्तिकै समस्या देखिएको छ । ५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलाई हुँदा उपचार सेवा प्रभावित बनेको छ ।

Bhautik ministry notice about road

–म्याग्दीका जलबिद्युत आयोजनाको सम्भावना र निर्माणको अवस्था कस्तो छ ?

म्याग्दीको सम्बृद्धिको महत्वपूर्ण आधार जलबिद्युत र पर्यटन हो । बिद्युत बिकास बिभागको तथ्याङ्क अनुसार म्याग्दीका विभिन्न खोलामा ७००.८३ मेगावाट क्षमताका १७ जलबिद्युत आयोजनाले निर्माणको लाइसेन्स लिएका छन् । निजी क्षेत्रले अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा ४२ मेगावाट क्षमताको म्रिस्तीखोला र पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलबिद्युत आयोजना निर्माण गरि सञ्चालन भइसकेको छ । ३०६.८ मेगावाट क्षमताका नौ वटा आयोजना निर्माणाधिन अवस्थामा छन् । ३४६.०३ मेगावाट क्षमताका ६ वटा जलबिद्युत आयोजना निर्माणको तयारी र प्रक्रियामा छन् । जिल्लाभर १४०.१३ मेगावाट क्षमताका १४ वटा जलबिद्युत आयोजना सर्बेक्षणको क्रममा छन् । ८३.५ मेगावाट क्षमताका तीन वटा जलबिद्युत आयोजनाले निर्माणका लागि अनुमति मागेका छन् । दानामा २२० केभी क्षमताको सबस्टेशन र त्यहाँदेखि पर्वतको खुर्कोट जोड्ने प्रशारण लाइन निर्माण भएपछि कालीगण्डकी र आसपासका क्षेत्रमा जलबिद्युत आयोजना निर्माणका प्रर्वद्धक सक्रिय भएका छन् । म्याग्दी र राहुघाट कोरिडोरका आयोजनाको बिद्युत केन्द्रिय ग्रिडमा जोड्न १३२ केभी क्षमताको राहुघाट–डाडाखेत प्रशारण लाइन र सबस्टेशन निर्माणको प्रक्रिया अघि बढेको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा बिद्युत आपुर्तिलाई ब्यवस्थित बनाउन ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन निर्माण अन्तिम चरणमा छ । यो तीन वर्षअघिनै सकिनुपर्ने थियो । नेपाल बिद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको ३० प्रतिशत भौतिक प्रगति भएको छ । राहुघाट निर्माणको हालसम्मको प्रगति सन्तोषजनक छैन् ।

–पर्यटनको क्षेत्रमा के कस्ता काम भएका छन् ?

बि.स. २०७६ फागुनमा हिमाली जिल्लामा सूचिकृत गरेपछि म्याग्दीको भौगोलिक पहिचान स्थापित भएको महशुस गरेका छौ । पर्यटन मन्त्रालयले म्याग्दीको पुनहिल, तातोपानी र गलेश्वर मन्दिरलाई स्थापित तथा प्रर्वद्धन गर्नुपर्ने, घोडेपानी, रुइसे र धौलागिरी आइसफल पदमार्गलाई नयाँ तथा बिकास गर्नुपर्ने पर्यटकीय स्थलको रुपमा सुचिकृत गरेको छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिज हार्गोज र मुदी देखि धौलागिरि हिमालको आधार शिविर हुदै मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्ग निर्माणले तिब्रता पाएको छ । गुर्जा देखि गुर्जा हिमाल जोड्ने पदमार्ग निर्माण भएको छ । प्रदेश सरकार मार्फत मालिका धुरी जोड्ने पदमार्ग निर्माण भएको छ । म्याग्दी र मुस्ताङ जोड्ने बैकल्पिक पदमार्गको रुपमा अघि सारिएको धौलागिरी आइसफल पदमार्गको रुइसे, भेडिओडार, छहरी–आधार शिविर क्षेत्रमा पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको पुनहिल नजिकैको फुलबारीमा प्रदेश सरकारले गुराँस पार्क बनाएको छ । नयाँ भवन बनाएर मोहरेडाडा र खोपारा लेकको सामुदायिक लजको क्षमता बिस्तार गरिएको छ । सिंगा, भुरुङ्ग, दर्मिजा लगायतका ठाउँमा रहेका प्राकृतिक तातोपानीका मुहानको संरक्षणका साथै ब्यवस्थित बनाउन पुर्बाधार निर्माण भइरहेको छ । भूकम्पपछि जिर्ण बनेको ताकमकोत र भगवति कोत मन्दिर पुननिर्माण भएको छ । स्थानीय तहहरुले पनि पर्यटन पूर्बाधार निर्माणको कामलाई धमाधम अघि बढाएका छन् । शुरु भएका आयोजनालाई पुर्णता दिन र ब्यापक रुपमा प्रचारप्रसार गर्न सकियो भने पर्यटन क्षेत्रको बिकासमा कोशेढुङ्गा साबित हुन सक्छ ।

–बिकास आयोजनामा ढिलासुस्ति हटाउन कस्तो भूमिका खेल्नुभएको छ ?
म्याग्दीका महत्वपूर्ण बिकास आयोजनामा अस्वभाविक रुपमा ढिलासुस्ति भएको हामीलाई महशुस भएको छ । आयोजनाको अनुगमन गर्ने, सुझाव दिने, सम्पन्न गर्न निर्माण ब्यवसायीहरुलाई निर्देशन दिने काम भएको छ । जिल्ला सस्तरमा सरोकारवालाहरुको बैठकको आयोजना गरेर छलफल, समस्या पहिचान र समाधानका लागि सहजिकरण गरेका छौ । स्थलगत अनुगमन गरि आयोजना कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गरी निर्माणलाई तिब्रता दिन पहल गरेका छौ । तोकिएको मापदण्ड र गुणस्तर अनुसारको काम निर्धारित समयमा सम्पन्न गराउन सम्बन्धित आयोजना, निकाय र निर्माण ब्यवसायीहरुलाई ताकेता गरिरहेका छौ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...