माओबादीको एजेण्डा स्थापित हुदै गएको छ -संयोजक जुग्जाली

Gandaki Ghumau


म्याग्दी २९ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रघुगंगा गाउँकमिटिको दोस्रो पूर्ण बैठक मंगलवार सम्पन्न भएको छ । कमिटीका अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा बसेको बैठकले असोज पहिलो साता सम्म पार्टी सदस्यता नविकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकले गाउँपालिका कमिटीलाई ५१ सदस्यीयमा विस्तार समेत गरेको छ । त्यसैगरि १७ सदस्यीय सचिबालय र ७ सदस्यीय कार्यालय कमिटी समेत गठन भएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक रेशम जुग्जाली (सुविन)ले माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डाहरुले नै मुलुकमा राजनितीको मुल नेतृत्व गरेको भन्दै दलित, जनजाती, गरिब, विपन्न र पछाडी परेका बर्ग र समुदायको अधिकार सुनिश्चित हुँदै जाँदा माओवादीका एजेण्डा स्थापित बन्दै गएको बताउनुभयो ।


उहाँले माओवादीले मुलुकमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्दै समाजवादको आन्दोलनलाई थप उचाईमा पु¥याउन नेकपा एमालेसंग पार्टी एकता गरेको भएपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले संसद विघटन गर्ने र संविधानलाई नै मास्न उद्धत बनेपछि पार्टी विभाजन भएको उल्लेख गर्दै नेपालमा पुनः माओवादीकै नेतृत्वमा क्रान्तिकारी बामपन्थीहरु गोलबद्ध हुने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘‘माओवादीलाई जनतामा जान कुनै समस्या छैन, गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व लगायतका माओवादीले बोकेका एजेण्डा स्थापित भैसकेको छ, जिल्लाका सबै स्थानीय तहमा पार्टी संगठन निर्माणमा जुटेका छौँ, सबै उत्साहि भएर लाग्नुभएको छ’’– उहाँले भन्नुभयो । बैठकलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य एवम् गण्डकी पदेश सभा सदस्य विनोद केसीले मुलुक अहिले माओवादीकै एजेण्टाले निर्देशित भैरहेको बताउँदै पार्टीभित्र रहेका कमिकमजोरीहरुको समिक्षा गर्दै नेता, कार्यकर्ताहरुमा रहेका कार्यशैलिहरुलाई परिकृत गर्दै पार्टी निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

????????????????????????????????????


उहाँले संघियताको एजेण्डा नै नभएका दलका नेताहरु संघियताको नेतृत्व गर्ने ठाउँमा पुगेकाले संघियताले जनताको मन जित्न नसकेको बताउँदै अब हरेक क्षेत्रको नेतृत्व माओवादीले नै गर्ने गरि पार्टी बलियो र गतिशिल बनाउनतर्फ लाग्न आग्रह गर्नुभयो । कार्यक्रममा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष एवम नेकपा माओवादी केन्द्र म्याग्दीका आर्थिक विभाग प्रमुख रिम कटुवालले स्वागत गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...