म्याग्दीमा बिभिन्न कार्यक्रम गरेर बालदिवस मनाइयो

Gandaki Pardesh notice

बेनी । म्याग्दीमा मंगलबार बिभिन्न कार्यक्रम गरेर राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।

म्याग्दी बालगृहका बालबालिकालाई शैक्षिक सामग्री र स्वास्थ्य परिक्षण, बेनीका होटलमा बालमजदुर प्रयोगको अवस्थाका बिषयमा अनुगमन र बालअधिकार सम्बन्धी बालक्लबका प्रतिनिधीसँग अन्तरक्रिया गरेर दिबस मनाइएको हो ।

सामाजिक बिकास कार्यालयले बालगृहका ११ जना बालबालिकालाई रु. पाँच सय का दरले शैक्षिक सामग्री उपलब्ध गराएको छ । स्वास्थ्य कार्यालयले बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो । सोही अवसरमा स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स दुर्गा शर्माले आमाको जन्मदिन पारेर खाद्य सामग्री सहयोग गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षता, जिसस प्रमुख देबेन्द्रबहादुर कटुवालको प्रमुख आतिथ्यता र सामाजिक बिकास कार्यालयका प्रमुख रमेश थापाको सञ्चालनमा बालगृहको कार्यक्रम सम्पन्न भएको थियो ।

दिबसको अवसरमा बेनी नगरपालिको सभाहलमा गुड नेबर्स इन्टरनेशनल र संगम म्याग्दीको आयोजनामा बेनी नगरपालिका ७ र ८ का बाल क्लबका प्रतिनिधीहरुसँग बालअधिकारको बिषयमा अन्तरक्रिया गरिएको थियो ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा बेनीका होटलहरुमा बाल मजदुर भए नभएको अवस्थाका बिषयमा अनुगमन गरिएको थियो । सहायक प्रजिअ सुवास शर्मा पौडेल, प्रहरी निरीक्षक नवराज केसी, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेल लगायतको टोलीले दश वटा होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...