जनगणनाका लागि सुपरिवेक्षकहरु घरदैलोमा

Gandaki Pardesh notice

बेनी । कोरोना (भाइरस)को दोस्रो लहरको महामारी फैलिएपछि स्थगित भएको राष्ट्रिय जनगणना–२०७८ को म्याग्दीमा तयारी शुरु भएको छ ।
जिल्ला जनगणना कार्यालय म्याग्दीले यसअघिनै नियुक्त भएका सुपरभाइजरहरुलाई तालिम दिएर घर तथा घरपरिवार सूचिकरण गर्न घरदैलो अभियान शुरु गर्न लागेको जनाएको छ ।

कार्यालयका जिल्ला जनगणना अधिकारी घनश्याम सापकोटाले भदौ ३० गतेदेखि असोज २० गतेसम्म सबै घरपरिवारको सुपरिबेक्षकहरु घर तथा घरपरिवारको सुचिकरणका लागि परिचालन हुने जानकारी दिनुभयो ।

“भदौ २७ र २८ गते बेनीमा ४६ जना सुपरिवेक्षकहरुलाई तालिम दिइसकेका छौ,” उहाँले भन्नुभयो “पहिलो चरणमा सुपरिवेक्षकहरुले सबै घरमा पुगेर घर तथा जनगणना परिवार संख्या अंकित गर्नुहुन्छ ।”

Shreekrishna hardwear in news

यसअघि २०७८ जेठ २६ देखि असार ८ गते सम्म तय भएको जनगणनाको कार्यक्रम कोरोना महामारी फैलिएपछि स्थगित भएको थियो । भदौ २१ गतेको मन्त्रीपरिषद् बैठकले २०७८ कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म १२ औ जनगणना गर्ने निर्णय गरेलगत्तै जिल्लामा तयारी शुरु भएको हो ।

Bhautik ministry notice about road

जनगणनाका लागि यसअघि सुपरिवेक्षक नियुक्त गरि गणकका लागि आवेदन संकलन भएको थियो । यसअघि छ दिनको तालिम लिइसकेका सुपरिबेक्षकहरुलाई पुनताजकी गर्न आयोजना गरिएको तालिमको समापन गर्दै सरोकारवालाहरुले योजना तथा बिकासको आधार मानिने तथ्याङ्लाई बिश्वसनीय र गुणस्तरीय बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

जिल्ला जनगणना समन्वय समितिका संयोजक समेत रहनुभएका प्रजिअ गणेशबहादुर अधिकारीको प्रमुख आतिथ्यता, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदी, प्रहरी नायव उपरीक्षक श्यामकुमार राई, प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङ, स्थानीय जनगणना अधिकारी अर्जुन पौडेलको उपस्थितिमा तालिम समापन गरिएको थियो ।

सहायक जिल्ला जनगणना अधिकारी केशबहादुर बुढाथोकीले सञ्चालन गर्नुभएको तालिम समापनका क्रममा जनगणना अधिकारी सापकोटाले सुपरिवेक्षकहरुलाई सपथ ग्रहण गराउनुभएको थियो ।

आगामी जनगणनामा विपद् र घरको अवस्था लगायतका बिषयमा पनि विवरण संकलन गरिने भएको छ । जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, पालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा चार वटा संयन्त्र बनाइएको छ । मंगला, मालिका र धवलागिरी गाउँपालिकामा जनगणना सम्बन्धी गतिबिधि सञ्चालन गर्न दरवाङमा पनि कार्यलय स्थापना हुदैछ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...