मंगलामा माओवादी केन्द्रको बिभाग गठन

Gandaki Pardesh notice

बाबियाचौर । नेकपा माओवादी केन्द्रको मंगला गाउँपालिका कमिटीको सोमबार बाबियाचौरमा सम्पन्न दोस्रो बिस्तारित बैठकले बिभागहरु गठन गरेको छ ।

गाउँपालिका कमिटीका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षता, प्रदेश कमिटी सदस्य टेकबहादुर बिक र जिल्ला कमिटीको सचिवालय सदस्य चन्द्रप्रसाद बुढाथोकीको उपस्थिति र सचिब कुलप्रसाद पुनको सञ्चालनमा बैठक बसेको थियो ।

Bhautik ministry notice about road

बैठकले पार्टीका कामलाई प्रभावकारी बनाउन बिभागहरु गठन गरेको नेताहरुले बताएका छन् । यामबहादुर रोकाको संयोजकत्वमा कुलप्रसाद पुन र पृथिलाल बिक सदस्य रहेको संगठन, मोतिलाल पौडेलको संयोजकत्वमा राजकुमार पाण्डे र मनप्रसाद कडेल सदस्य रहेको आर्थिक बिभाग गठन भएको छ ।

Shreekrishna hardwear in news

महिला बिभागको इञ्चार्जमा मनमाया चोचाङ्गी, दलित मोर्चाको इञ्चार्जमा उमेश बिक, पृथिलाल बिकको संयोजकत्वमा प्रचार तथा सञ्चार, यामबहादुर रोकालाई शिक्षक बिभागको इञ्चार्ज र अर्जुन शाहीलाई वाइसीएलको इञ्चार्ज चयन गरिएको छ ।

रिक्त पदमा पदपुर्ति गरेर पालिका कमिटीलाई ५१ सदस्यीय बनाएको बैठकले सदस्यता नबिकरण, वडा र टोल स्तरमा संगठन पुनर्गठन, जनवर्गिय संगठनको भेला, बैठकलाई तिब्रता दिने निर्णय गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...