जलजलाको बगरफाँटमा खानेपानी आपुर्ति

Gandaki Pardesh notice

बेनी । पर्वतको जलजला गाउँपालिकाको २ र ३ नम्बर वडामा पर्ने बगरफाँटमा १४ दिनपछि खानेपानी आपुर्ति भएको छ ।

भदौ १४ गते जलजला गाउँपालिका–३ स्थित माटेपानीको पहिरोले बगरफाँटतर्फ खानेपानी आपुर्ति गर्ने पर्बत बेनी खानेपानी आयोजनाको करिब एक सय मिटर पाइप क्षति गरेको थियो ।

Bhautik ministry notice about road

पाईप पुरिएपछि जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने २५७ घरधुरीमा खानेपानी आपुर्ति बन्द भएको थियो । सो पहिरो कालीगण्डकीमा खस्दा छाल आउँदा बेनी नगरपालिका–८ कालीपुलका ८ वटा घरमा क्षति पुगेको थियो ।

Shreekrishna hardwear in news

पर्बत बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले पाइपलाइन मर्मत गरेर आइतबार बगरफाँटमा खानेपानी आपुर्ति गराएको जानकारी दिनुभयो । संस्थाका पदाधीकारी, सदस्य र उपभोक्ताले शुक्रबारदेखि श्रमदान गरेर पाइप मर्मतमा जुटेका थिए ।

माटेपानी नजिकैको सडक कालीगण्डकीको बाढीले कटान गरेर बगाएपछि बगरफाँट सडक सञ्जालबाट सम्पर्क बिच्छेद भएको छ । कालीगण्डकीमा पानीको सतह नघटेसम्म सो सडक मर्मत समभवन देखिएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...