एमसिसीको बिरोधमा बेनीमा मोटरसाइकल जुलुस

Gandaki Pardesh notice

बेनी । अमेरिकी मिलेनियन च्यालेज (एमसिसी) परियोजनाको बिरोधमा आइतबार नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले बेनीमा मोटरसाइकल ¥याली गरेको छ ।
नेकपाका कार्यकर्ताहरुले एमसिसी खारेज गर्न र संसदबाट सम्झौता अनुमोदन नगर्नका लागि सरकारलाई दबाव दिन ¥याली गरेका हुन् । विभिन्न प्लेकार्ड बोकेका नेकपाका नेता कार्यकर्ताहरुले मोटरसाइकल चढेर हर्न बजाउदै बेनी बजारको सबै भाग परिक्रमा गरेका थिए ।
एमसिसी नेपालको संबिधान, बिद्यमान कानुन भन्दा बाहिर रहेको र यसबाट अमेरिकाले नेपालमा सैन्य हस्तक्षेप गर्न खोजेकाले यसबाट देशलाई बचाउन सबैले खबरदारी गर्नुपर्ने नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज ध्रुब घिमिरेले बताउनुभयो ।

Bhautik ministry notice about road

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...