मन्त्री शर्माद्धारा उद्योग कार्यालयको निरिक्षण र कार्यकर्ता भेटघाट

Sinchai Khanipani notice

बेनी । गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री मणिभद्र शर्मा कँडेलले आइतबार बेनी स्थित घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण र नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुसँग भेटघाट गर्नुभएको छ ।
कार्यालय प्रमुख नन्दलाल पौडेलले निरिक्षणमा आउनुभएका मन्त्री कंडेललाई प्रशासनीक,कर्मचारी दरबन्दी लगायत कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । कार्यालय प्रमुख पौडेलले कार्यालयको आफ्नै भवन नहुँदा भाडाबाट कार्यालय संचालन भइरहेको जानकारी गराउनुभएको थियो ।
कार्यालयले आफ्नै नाममा जग्गा र भवनको व्यवस्थापनको लागि पहल गरिदिन मन्त्री शर्मा समक्ष माग गरेको छ । कार्यालय प्रमुख पौडेलले कार्यसंचालनको लागि आवश्यक बजेट र सवारी साधन समेत माग गरेको छ ।
पौडेलले प्रदेशको आफ्नै कानुन नहुँदा कार्यसंचालनमा समस्या भएको जानकारी गराउनुभएको थियो । मन्त्री कंडेलले भवन निर्माणको लागि जग्गा उपलब्ध भएमा भवन निर्माण गर्न आवश्यक बजेटको लागि मन्त्रालयले पहल गर्ने बताउनुभयो ।
मन्त्री शर्माले कार्यालयबाट प्रदान हुने सबै सेवालाई सहज र सबैको पहुँचमा पुग्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेश सरकारले व्यवसायीक उत्पादनलाई जोड दिएको बताउनुभयो ।
यसैगरी मन्त्री शर्माले आइतबार बेनीमा नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर), पार्टीका निवर्तमान सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँँ लगायत जिल्लाका नेता तथा कार्यकर्ताहरु संग भेट गर्नुभएको छ । मन्त्रीसंगको भेटमा सभापति गर्बुजाले जिल्ला स्थित पर्यटन क्षेत्र र विकासको बारेमा जानकारी गराउनुभएको थियो । म्याग्दी स्थित पर्यटकीय स्थलको विकासका लागि पुर्वाधार निर्माणमा जोड दिन सभापति गर्बुजाले आग्रह गर्नुभयो ।

Bhautik ministry notice about road

उहाँले म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि प्रवद्र्धनात्मक कार्यक्रमहरु ल्याउन माग गर्नुभयो । सभापति गर्बुजाले म्याग्दीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकेमा पर्यटनबाट आर्थिक क्षेत्रमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले प्रदेश सरकारले पर्यटन र उद्योगलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले म्याग्दीको पर्यटन क्षेत्रको विकासका लागि पहल गरिने आश्वासन दिनुभयो । उहाँले पर्यटन प्रवद्र्धनको अभियानमा समेत लाग्न सबैलाई आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...