भुतपुर्ब सैनिक तथा प्रहरी संगठनमा जिसी

Sinchai Khanipani notice

बेनी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपुर्व सैनिक तथा प्रहरी संगठन म्याग्दीको शनिबार बेनीमा सम्पन्न भेलाले दिपक जिसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

संगठनको उपाध्यक्षमा धर्मराज बानियाँ, सचिवमा रमेश फगामी, कोषाध्यक्षमा पुर्ण बहादुर जिसी, सह– सचिवमा सुर्यबहादुर केसी र सह–कोषाध्यक्षमा तोरण बहादुर बुढाथोकी चयन हुनुभएको छ ।

Bhautik ministry notice about road

सदस्यहरुमा तिलक पुन, कुल बहादुर घर्ती मगर, खुमबहादुर थापा, दलबहादुर भण्डारी, सुन्दर स्याम बिक, भिमबहादुर खत्री र तिलक प्रसाद श्रेष्ठलाई चयन गरीएको सचिब फागामीले बताउनु भयो ।

Shreekrishna hardwear in news

भेलालाई एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्रदेश सदस्य खुमबहादुर बानिया, संगठनका केन्द्रिय सदस्य बिर्खबहादुर गर्बुजा, धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल लगायतले सम्बोधन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...