अखिल क्रान्त्रिकारीको अध्यक्षमा खड्का

Gandaki Pardesh notice

बेनी । नेत्रबिक्रम चन्द् (बिप्लप) नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको अध्यक्षमा विनय खड्का चयन हुनुभएको छ । संगठनको शनिवार बेनीमा सम्पन्न १८ औँ जिल्ला सम्मेलनबाट खड्काको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा युवाराज, सचिबमा राजिन, सहसचिबमा आशिष र कोषाध्यक्षमा दिपा घर्ति मगर लगायत रहनुभएको छ । सदस्यहरुमा सोविता खड्का, सुमित्रा गौतम, सृष्टि रिजाल, विशाल नेपाली, शिब गौतम, सुजाता आले, रमेश छन्त्याल लगायत रहनुभएको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम् म्याग्दी जिल्ला इन्चार्ज धु्रव घिमिरे (बिप्लव)ले अहिलेको शिक्षा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले मुलुकका हरेक क्षेत्रमा दलालहरु हावि हुनुमा मुलुकको राज्य संरचना र शिक्षा निति जिम्मेवार रहेको बताउँदै समान र व्यवहारिक शिक्षाका लागि वैज्ञानिक शिक्षा प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो ।

Bhautik ministry notice about road

नेकपा म्याग्दीका सेक्रेटरी शुसिला विश्वकर्माले मुलुकको हरेक परिवर्तनमा विद्यार्थीहरुको योगदान नेतृत्वदायि रहेको बताउँदै समाज परिवर्तनको लागि विद्यार्थीहरु थप शसक्त हुनुपर्नेमा जोड दिनुभयो ।

अनेरास्ववियु क्रान्तिकारी धौलागिरि व्युरो इन्चार्ज सुरेन्द्र बस्नेतले गरिब र धनीका बालबालिकाहरुले पठ्ने पाठ्यक्रम एउटै नहुँदा सम्म समान शिक्षाको पत्याभुति नहुने बताउनुभयो ।

यसैबीच नेकपा म्याग्दीले शनिबार एमसीसी सम्झौता खारेजको माग गर्दै बेनीमा पदर्शन सहित विरोध जनाएको छ । बेनीको सहिद स्मृति चोकमा आयोजित विरोध सभामा एमसीसी खारेजको माग गर्नुका साथै सम्झौता पत्रको प्रतिलिपिमा आगो लगाएर जलाईएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...