माओवादी केन्द्र अन्नपूर्णको संयोजकमा पाईजा

Gandaki Pardesh notice

पोखरेबगर, । नेकपा माओवादी केन्द्र अन्नपूर्ण गाउँपालिका कमिटिको संयोजकमा पुर्ण पाइजा चयन हुनुभएको छ ।

पोखरेबगरमा शनिबार सम्पन्न पालिका कमिटी बैठकले माओवादीमा निरन्तर क्रियाशिल रहेका र इमान्दार नेताको छबी बनाएका अन्नपूर्ण–५ नेपाने निवासी पाइजालाई संयोजक चयन गरेको हो ।

९ सदस्यीय कमिटिको सचिबमा घारका श्याम खड्का चयन हुनुभएको छ । सदस्यहरुमा यमन बिक, लोकबहादुर पुर्जा, लोक पाइजा, कबिता क्षेत्री, बिष्णु दमाई, बिरबहादुर पौडेल र टेकमाया तिलिजा रहनुभएको छ ।

Shreekrishna hardwear in news

बैठकमा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य बिनोद केसीले संबिधान, ब्यवस्था र राजनीतिक उपलब्धीलाई रक्षा गर्दै समाजवादको लक्ष्य पुरा गर्न अहिलेको गठबन्धन बनेको बताउनुभयो ।

Bhautik ministry notice about road

बिदेशीको इशारामा प्रतिनिधीसभा भंग गर्ने, संबैधानिक अंगहरुलाई हस्तक्षेप गर्ने, भ्रष्ट्राचारलाई प्रशय दिने केपी ओली प्रवृति र उनको स्वच्छाकारी कार्यशैलीका कारण नेकपा एकता कायम हुन नसकेको, अहिलेको अवस्था सिर्जना भएको केसीले बताउनुभयो ।

सांसद केसीले अन्नपूर्ण गाउँपालिकामा सडक, पुल, सिचाई, खानेपानी लगायत आयोजना, शिक्षा, स्वास्थ्य सम्बन्धी कार्यक्रम भित्र्याउन आफ्नो तर्फबाट प्रदेश सरकारमा भरपुर प्रयास गरिरहेको र अब पनि गर्ने प्रतिवद्धता जनाउनुभयो ।

बैठकमा माओवादीको बेनी नगर कमिटिका अध्यक्ष शेरबहादुर केसी, जिल्ला कमिटि सदस्य तथा अन्नपूर्ण गाउँपालिका २ का वडा अध्यक्ष ओम फगामी, जिल्ला सदस्य बुद्धी पुन, वाइसीएलका केन्द्रिय सदस्य नगेन्द्र केसी, वाइसीएलका बेनी नगर इञ्चार्ज किसान बिक लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

सोही बैठकमा अन्नपूर्ण गाउँपालिका–७ औलाकी पाठेघर सम्बन्धी समस्याबाट थलिएकी गोबिसा पुर्जाको उपचारका लागि पालिका कमिटि अध्यक्ष पाइजाले सदस्य कबिता क्षेत्रीलाई रु. १८ हजार हस्तान्तरण गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...