माटेपानीको पहिरोले क्षति पुगेको पर्बतबेनी खानेपानी आयोजना मर्मत शुरु

Gandaki Pardesh notice

बेनी । पहिरोले क्षति पुगेको पर्वत बेनी खानेपानी आयोजनाको मर्मत शुरु भएको छ ।

भदौ १४ गते जलजला गाउँपालिका–३ स्थित माटेपानीको पहिरोले बगरफाँटतर्फ खानेपानी आपुर्ति गर्ने करिब एक सय मिटर पाइप क्षति गरेको थियो ।

पाईप पुरिएपछि जलजला गाउँपालिका २ र ३ नम्बर वडामा पर्ने २५७ घरधुरीमा खानेपानी आपुर्ति बन्द भएको छ । सो पहिरो कालीगण्डकीमा खस्दा छाल आउँदा बेनी नगरपालिका–८ कालीपुलका ८ वटा घरमा क्षति पुगेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पर्बत बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले शुक्रबारदेखि बगरफाँटमा खानेपानी आपुर्ति गराउने पाइपलाइन मर्मत शुरु गरेको बताउनुभयो ।

संस्थाका पदाधीकारी, सदस्य र उपभोक्ता गरि १६ जनाले पाइप मर्मत गर्न श्रमदान गरेका छन् । शनिबार पाइप मर्मत सकेर बगरफाँटमा खानेपानी आपुर्ति सूचारु गराउने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

माटेपानी नजिकैको सडक कालीगण्डकीको बाढीले कटान गरेर बगाएपछि बगरफाँट सडक सञ्जालबाट सम्पर्क बिच्छेद भएको छ । कालीगण्डकीमा पानीको सतह नघटेसम्म सो सडक मर्मत समभवन देखिएको छैन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...