ताकमको मौलिक राधाकृष्ण नाच

Sinchai Khanipani notice

ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका बासिन्दा मौलिक राधाकृष्ण नाचको संरक्षणमा जुटेका छन् ।

सांस्कृतिक महत्व बोकेको परम्परागत राधाकृष्ण नाच जोगाउन ताकमको धार्मिक नाट्य समूहले पहल गरेका हुन् । हरेक बर्षको हरितालिका तिज पर्बको अवसरमा ताकममा राधाकृष्ण नाच देखाउने चलनलाई निरन्तरता दिइदै आएको छ ।

संस्कृति लोप हुन नदिन नयाँ पुस्तालाई यो नाचको कला र सिप हस्तान्तरण गरिएको छ । ताकममा मानब बस्ती रहेदेखिनै राधाकृष्ण नाच देखाउने चलन रहेको छ । यो नाच ताकममा मात्र देखाइने भएकाले ताकमको सांस्कृतिक सम्पत्ति भएको धार्मिक नाट्य समूहका अगुवा चिन्तामणी सुबेदी बताउनुहुन्छ ।

Shreekrishna hardwear in news

राधाकृष्ण नाचका लागि समूहले आफै मौलिक गितको सिर्जना गरेका छन् । यो नाचका लागि हिन्दुधर्मवलम्बिहरुको भगवान शिव, पार्वति, उनिहरुका छोरा गणेश, राधा र कृष्ण अनी लाखे पात्र हुन्छन् ।

परापुर्ब कालमा देवीदेवता र भगवानको माया प्रेम, जिवनमा आइपर्ने सुख र दुखका क्षणलाई गित मार्फत ब्यक्त गरेर नाचमा अभिनय गरिन्छ । सबै कलाकार पुरुष हुन्छन् । पार्वति र राधाको भूमिका पनि पुरुष कलाकारले निभाउँछन् ।

राधाकृष्णको जिवनमा लाखेले गलत भूमिका खेलेर आउने उतार चढावलाई कैलाश पर्वतमा रहेका शिव पार्वतिले नियालेको अभियन नाचमा प्रस्तुत हुन्छ । २५ मिनेट देखि ४५ मिनेटसम्म यो नाच प्रस्तुत गरिन्छ ।

Bhautik ministry notice about road

ताकमको भगवति मन्दिर परिक्रमा गरेपछि कलाकारहरु नाच्दै नाच्दै खुल्ला ठाउँमा पुग्छन् । यसअघि ताकमको रत्नेगैरामा देखाइने यो नाच पछिल्लो समय वडा कार्यालय रहेको सामुदायिक भवन परिसरमा देखाउन थालिएको छ ।

यस वर्षको राधाकृष्ण नाचमा गोपाल आचार्य (शिव), श्यामप्रसाद आचार्य (पार्वति), आयुश आचार्य (गणेश), सुवास खत्री (राधा), दिपक सुबेदी (कृष्ण)को भूमिकामा अभिनय गर्नुभएको थियो । गोबिन्द पौडेल, ठाकुर पौडेल, ऋषिराम सुबेदी, सुर्य पौडेल, बाबुराम खत्री, छबीराज पौडेलको टोलीले गायन र बाद्यबाधनमा सहभागी हुनुहुन्छ ।

यसअघि छबिलाल सुबेदी, ऋषिराम सुबेदी, ठाकुर पौडेलको समूहले यो नाचमा अभिनय गर्नुहुन्थ्यो । ठाकुर पौडेल यसअघि नारदको भूमिकामा हुनुहुन्थ्यो । केही वर्षयता नयाँ पुस्ताका युवाहरुले राधाकृष्ण नाचको सिप सिकेर अभिनय गर्न थाल्नुभएको छ । ताकमका अधिकांश समुदाय जुम्लाबाट बसाई सरेर आएका हुन् । उनिहरुलेनै यो नाच भित्र्याएको बुढापाका बताउँछन् ।

अहिलेको जस्तो सूचना प्रबिधिको बिकास नभएको अवस्थामा समाजमा मनोरञ्जनका लागि तिज पर्वका दिन राधाकृष्ण नाच देखाउने गरिएको थियो । गाउँपालिकाले प्रचारप्रसारका लागि ताकमका सबै बस्तीमा आलोपालो गरेर राधाकृष्ण नाच देखाउने निर्णय गरेको छ ।

गत वर्ष धारापानीमा देखाइएको राधाकृष्ण नाच यसपाली शुक्रबार काफलडाडाको आमा समूहको अनुरोधमा काफलडाडामा प्रस्तुत गर्न लागिएको कलाकार गोपाल आचार्यले बताउनुभयो । बिशेष सभा समारोह र मेला महोत्सवमा पनि ताकमको राधाकृष्ण नृत्य आकर्षण बन्न थालेको छ ।

कलाकारहरुका लागि पोषाक र बाद्यबाधनका सामग्रीको आवश्यकता छ । समूहको नियमित आम्दानीको स्रोत छैन् । सरकारी स्तरबाट पनि सहयोग हुन सकेको छैन् । संस्था दर्ता गरेर नयाँ कलाकार उत्पादन गर्ने, गितलाई लिपीवद्ध र नृत्यलाई छायांकन गरेर प्रचारप्रसार गर्न सकेमा प्रर्वद्धनमा सहयोग पुग्ने देखिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...