बेनीमा बर्खेनाच समापन

Add Samajik bikash office

बेनी । म्याग्दीको बेनी बजारमा एक महिना अघि सुरु भएको बर्खे नाचको बिहिबार समापन गरिएको छ ।

भाषा मंकाःखल र ल्यामःपूचको नेतृत्वमा प्रत्येक वर्षको श्रावण महिनाको घण्टाकर्ण चर्तुदशीदेखि हरितालीका तिज पर्वको दिनसम्म देखाउने गरिन्छ । बेनीको गणेश मन्दीरमा धार्मीक बिधी अनुसार कृष्णद्धारा घण्टाकर्ण नामको राक्षसको प्रतिकको बध गरि समापन गरिएको हो ।

‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णको रूपधारण गरेका कलाकारले लाखेको मुखुण्डोलाई बध गरेका थिए । बेनीमा नेवार समुदायको बसोबास रहेदेखिनै बर्खेनाच देखाउने चलन रहेको नेपाल भाषा मंका खल म्याग्दीका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

परापुर्व कालमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको स्थानीयबासीले बध गरेपछि साक्षसकी पत्नीले पती बियोगमा देखाएको चरित्रलाई बर्खेनाचमा कलात्मक रुपमा प्रस्तुत गरिन्छ ।

बर्खे नाच अन्तरगत मृढृङ्गा र मादलको तालमा लाखे, घोडा, नागनागीनी, रोपाइ र जोगी नाच देखाउने गरिन्छ । कोरोना भाइरसको महामारीका कारण गत बर्ष र यसपालि बर्खेनाचलाई औपचारिकतामा मात्र सिमित गरिएको ल्यामःपुच म्याग्दीका अध्यक्ष सुबिन श्रेष्ठले बताउनुभयो ।
“घण्टाकर्णको प्रतिक सेलाउने, गाइजात्राका दिन दिवंगतहरुको स्मृतिमा लक्ष्मीनारायण मन्दिर परिसरमा तायमचा देखाउने र कृष्ण मन्दीरमा घण्टाकर्णको बध गर्ने कार्यक्रम मात्र भयो,” उहाँले भन्नुभयो “विभिन्न नृत्य सहित बजार परिक्रमा गरिएन् । परम्परालाई निरन्तरता र संस्कृति जोगाउन औपचारिकतामा मात्र सिमित बनायौ ।”

बेनीमा बसोबास शुरु भएदेखि नै बर्खे नाच देखाउने परम्परागत चलन रहेको पाइन्छ । उक्त नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी भएको सन्देशसहित यो नाच समापन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नाचमा पछिल्लो समय यहाँका युवाले सक्रिय सहभागिता जनाउने गरेका छन् । बर्खे नाचका लागि नयाँ कलाकारलाई तालिम समेत दिइएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...