धवलागिरीका सबै लक्षित समुदायलाई कोरोना बिरुद्धको खोप

Sinchai Khanipani notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाका सबै लक्षित समुदायले कोरोना (भाइरस) बिरुद्धको खोप लगाएका छन् ।

दुर्गम र हिमाली क्षेत्रमा प्राथमिकताका साथ कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गर्ने सरकारको नीति अनुसार धवलागिरीका सबै लक्षित समुदायलाई खोप लगाइएको हो । गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक सम्झना खाती कार्कीले पालिकाभित्र रहेका १८ वर्ष भन्दा माथिको उमेर समुहका सबैलाई खोप लगाइएको जानकारी दिनुभयो ।

“यहाँ भएका १८ वर्ष माथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाइसकेका छौ,” उहाँले भन्नुभयो “खोप लगाउन छुटेकाहरुलाई पहिचान गर्न जनप्रतिनिधी र स्वास्थ्यकर्मीको टोलीले घरदैलो अभियान शुरु गर्नुभएको छ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

टोलीको प्रतिवेदन आएपछि कोरोना बिरुद्धको शत प्रतिशत खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने तयारी गरेको संयोजक कार्कीले बताउनुभयो । चार हजार ६२५ जनालाई जोनसन एण्ड जोनसन र दुई हजार ३६ जनालाई एक्ट्राजेनिका, भेरोसिल र कोभिशिल्डको पुरा डोज खोप लगाइएको हो ।

हिमाली भूगोलमा अवस्थित सात वटा वडा रहेको धवलागिरी गाउँपालिकाको २०६८ को जनगणना अनुसार कुल जनसंख्या १३ हजार ४२५ जना हो । गुर्जामा ४१५, लुलाङमा ६१२, मुनामा एक हजार १२४, मुदीमा एक हजार ४५३, मल्कवाङमा ५२७, मराङमा ७१० र ताकममा एक हजार ८२० जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।

दुर्गम भएका कारण धवलागिरीमा कोरोना बिरुद्धको खोप अभियानमा प्राथमिकता दिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताउनुभयो । उहाँका अनुसार म्याग्दीमा हालसम्म ३२ हजार जना भन्दा बढीले कोरोना बिरुद्धको खोप लगाएका छन् । १८ वर्ष भन्दा माथि उमेर समूहका नागरिकको संख्या ६७ हजार जना छ । म्याग्दी जिल्लामा हालसम्म तीन हजार २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाभित्र ५४ र जिल्ला बाहिर २६ जना गरि कुल ८० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । केही दिनयता म्याग्दीमा नयाँ कोरोना भाइरसका संक्रमित पहिचान हुने दर घटेको छ । सदरमुकाम बेनी अस्पताल बाहेक अन्य स्थानीय तहहरुले सञ्चालन गरेको आइसोलेशन रिक्तिएका छन् । बेनी अस्पतालको आइसोलेशनमा २ जना मात्रै संक्रमित छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...