मुस्ताङमा निषेधाज्ञा हट्यो, मुक्तिनाथ मन्दिर भने अझै बन्द

Sinchai Khanipani notice

बेनी । मुस्ताङमा पाँच महिनापछि निषेधाज्ञा हटाइएको छ । कोरोना (भाइरस)को संक्रमण फैलिएपछि २०७८ बैशाख तेस्रो सातादेखि मुस्ताङमा निषेधाज्ञा गरिएको थियो ।

१८ वर्ष माथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाएको र संक्रमण दर न्युन रहेकाले जनजिवनलाई सहज बनाउन निषेधाज्ञा हटाइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले सरोकारवालाहरुको सुझाव अनुसार कोभिड–१९ संकट ब्यवस्थापन समितिको बैठकले मुक्तिनाथ मन्दिर बाहेक सबै क्षेत्र खुलाउने निर्णय गरेको जानकारी दिनुभयो ।

“मुक्तिनाथ मन्दिरमा प्रवेश खुलाइएको छैन,” उहाँले भन्नुभयो “मुस्ताङ भित्र्नका लागि बिदेशी नागरिकले ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ ।” जनजिवन सहज र आर्थिक क्षेत्रलाई चलायमान बनाउन स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा कडाई गरेर निषेधाज्ञा खुलाइएको हो ।

Shreekrishna hardwear in news

निषेधाज्ञा हटाएपछि पोखरा—जोमसोम हवाई सेवा, लामो तथा छोटो दुरीका यातायात, पर्यटन क्षेत्र, होटल तथा रेष्टुरेन्ट, मेला–महोत्सव, शैक्षिक संस्था र सेवा प्रदायक संघसंस्थाको गतिविधि निर्वाध रुपमा संञ्चालन हुनेछन् ।

Bhautik ministry notice about road

आन्तरिक पर्यटकले अनिवार्य खोप कार्डका साथै ४८ घण्टे एन्टिजेन रिपोर्ट साथमा लिएर आउनु पर्नेछ । जोमसोम बिमानस्थल कक्ष, म्याग्दी र मुस्ताङको सीमानाका घाँसा प्रहरी चौकीमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जिल्लाका नागरिकले मुस्ताङ आउजाउ गर्नुपर्दा सम्बन्धीत स्थानीय तहको सिफारिस लिनुपर्ने यसअघिको निर्णयलाई परिमार्जन गर्दै नागरिकता अथवा परिचय पत्र देखाए हुने भएको छ । निषेधाज्ञाले मुस्ताङका होटल व्यवसायी संकटमा परेका छन् ।

निषेधाज्ञा खुकुलो पारिएसँगै अर्थतन्त्र चलायमान, जनजिवन सहज र बिकास निर्माणले गति लिने मुस्ताङबाट निर्बाचित प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । कोरानाका कारण मुक्तिनाथ मन्दिर नजिकैको रानीपौवाका ७ सहित मुस्ताङमा १५ जनाले ज्यान गुमाएका छन् ।

५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको मुस्ताङका ५०८ जना संक्रमण मुक्त भएका छन् । संक्रमित मध्य २७ जनालाई थप उपचारका लागि पोखरा रिफर गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...